Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

रोल्पाका सात पालिकामा जनयुद्ध दिवसको अवसरमा आज सार्वजनिक विदा


१, फागुन २०८०
  • 263
    SHARES
  • रोल्पाका सात पालिकामा जनयुद्ध दिवसको अवसरमा आज सार्वजनिक विदा

    रोल्पा । रोल्पाका स्थानीय तहहरुले ‘जनयुद्ध दिवस’को अवसरमा फागुन १ गते आज सार्वजनिक विदा दिएका छन् । दस स्थानीय तहमध्ये नेकपा माओवादी केन्द्रले जितेको सात स्थानीय तहमा फागुन १ गते आज सार्वजनिक विदा दिइएको हो।

    लुम्बिनी प्रदेश सरकारको राजपत्र अनुसार स्थानीय तहको आवश्यकतालाई मध्यनजर गरी एकदिन सार्वजनिक विदा दिन मिल्ने प्रावधान अनुसार विदा दिइएको रोल्पाका ७ पालिकाले बताएका छन्।

    जनयुद्ध दिवस’को अवसर पारेर रोल्पा नगरपालिका,माडी गाउँपालिका,परिवर्तन गाउँपालिका,सुनछहरी गाउँपालिका, थबाङ गाउँपालिका,सुनिलस्मृति गाउँपालिका र लुङ्ग्री गाउँपालिकाले आज फागुन १ गते सार्वजनिक विदा दिएका छन्।

    सुनछहरी गाउँपालिकाले फागुन १ र २ गते दुई दिन सार्वजनिक विदा दिएको छ भने अन्य ६ पालिकाले १ दिन मात्र विदा दिएका छन।यी ७ पालिका २०७९ बैशाख ३० मा सम्पन्न दोस्रो स्थानीय तह निर्वाचनमा नेकपा माओवादी केन्द्रले जितेको पालिका रहेका छन्।नेकपा माओवादी केन्द्र बाहेक कांग्रेसले जितेको रुन्टीगढी गाउँपालिका र गंगादेव गाउँपालिका तथा एमालेले जितेको त्रिवेणी गाउँपालिकामा भने सार्वजनिक विदा दिइएको छैन।

    १ सर्वोच्च अदालतबाट जारी भएको सूचना

    २०८० माग २३ गते सर्वोच्च अदालतबाट जारी भएको सूचनामा भनिएको छ।यस अदालतको संयुक्त इजलासबाट मिति २०८० पुष १३ मा भएको फैसलाबाट जनयुद्ध दिवसको अवसरमा भनी नेपाल सरकारको मिति २०७९ माघ २९ को निर्णय र मिति २०८० फागुन १ गते सोही विदा दिने भन्ने निर्णय तथा नेपाल राजपत्र भाग ५ खण्ड ७२ संख्या ६५ मिति २०८० चैत २ गते मा प्रकाशित सूचना एवं सो सन्दर्भमा विभिन्न प्रदेश सरकारकाबाट भएका निर्णय र सूचनाहरु समेत उत्प्रेषणको आदेशद्वारा मिति २०८० फागुन १ गतेको सार्वजनिक विदा बदर भएको बेहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ(जारी गरिएको सूचनामा उल्लेख गरिएको छ ।426170691_373742655398766_5600178176414849944_n.jpg२ नेपाल सरकार गृहमन्त्रालयले सार्वजनिक विदा नरहेको सम्बन्धि सूचना

    नेपाल सरकार गृहमन्त्रालयले २०८० माघ २९ गते सार्वजनिक विदा नरहेको सम्बन्धि सूचना जारी गरेको छ । जारी भएको सूचनामा भनिएको छूसम्मानित सर्वोच्च अदालतको फैसलाका आधारमा नेपाल सरकार,मन्त्रीपरिषदको मिति २०८० माघ २५ को बैठकको निर्णयानुसार नेपाल राजपत्र(खण्ड ७२,संख्या ६५,मिति २०७९ चैत २) मा प्रकाशित संवत् २०८० फागुन १ गते मंगलबारका लागि निर्धारण गरिएको सार्वजनिक विदा कायम नरहेको बेहोरा सम्वद्ध सबैको जानकारीका लागि अनुरोध छ,उल्लेखित सूचनामा जनाइएको छ ।418595579_255761227474191_5788466452160154380_n.jpg

  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा

    कपिलवस्तु । हरितालिका तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा लागेको भीडभाडको मौका छोपेर दर्शनार्थी महिलाका सुनका

  • ३६५ परिवारले पाए वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा, धनुषामा लालपुर्जा वितरण अभियान तीव्र

    जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend