Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

विद्युतीय गाडिप्रति यात्रुको आकर्षण बढ्दै


१, फागुन २०८०
  • 257
    SHARES
  • विद्युतीय गाडिप्रति यात्रुको आकर्षण बढ्दै

    अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्कदेखि बुटवल रुटमा विद्युतीय गाडि चलेका छन् । डिजेल तथा पेट्रोलवाट चल्ने गाडी मात्र हिंड्ने अर्घाखाँचीको सडकमा अहिले विद्युतीय गाडी चल्न सुरु भएका छन् ।

    जिल्लाको सन्धिखर्क, खनदह, असुरकोट, ढाकाबाङ्ग देखि सन्धिखर्क हुँदै बुटवलसम्म दैनिक विजुली गाडी चलिरहेका छन् । विद्युतीय गाडीमा डिजेल तथा पेट्रोल गाडीको तुलनामा भाडा पनि कम लाग्ने भएको छ ।

    विजुलीबाट चल्ने गाडीमा पहाडको बाटोमा प्रति किलोमिटर ६ रुपैयाँ र तराईको बाटोमा ३ रुपैयाँ प्रति किलोमिटरका दरले भाडा निर्धारण गरिएको छ ।

    सन्धिखर्क देखि अब बुटवल ४ सय ८० रुपैयाँमा पुग्न सकिन्छ । अर्घा भगवती यातायात प्रा लि ले अर्घाखाँचीमा विद्युतीय गाडीको सुरुवात गरेको हो । 

    यहाँको बाटोमा विद्युतीय गाडिको परीक्षण गरी सफल भएपछि विद्युतीय गाडी सञ्चालनमा ल्याईएको प्रा लि का महासचिव कुशल भुसालले जानकारी दिनुभयो ।

    विद्युतीय गाडीमा न्यूनतम भाडादर निर्धारण गरिएको छ, गाडीमा फ्रि बाईफाइको व्यवस्था छ, यात्रुले गाडीमा विभिन्न सामाजिक सञ्जाल चलाउन सक्नेछन् ।

    यस्तै यात्रुको सुरक्षालाई मध्यनगर गर्दै गाडीमा सीसी टिभीको पनि व्यवस्था गरिएको ,जिपीयस जडान गरिएकोले गाडी कहाँ रोकियो भनेर हेर्न सकिने भुसालले बताउनुभयो ।

    जिल्लामा नयाँ व्यवस्थापनका साथ विद्युतीय गाडी सञ्चालनमा ल्याएका छौ, अहिले तत्काल अर्घाखाँची बुटवल चलिरहेका छन्,’ उहाले भन्नुभयो अब छिट्टै कृष्णनगर, दाङ लगायतका ठाउँमा सञ्चालन गर्ने तयारीमा छौ, जिल्लाका पनि धेरै ठाउँबाट विद्युतीय गाडी सञ्चालन गर्ने लक्ष्य छ । 

    अर्घा भगवती यातायात प्रा लि ले १५ वटा र पश्चिम नेपाल यातायात प्रा.ली.ले ४ वटा विजुली गाडी सञ्चालनमा ल्याएका छन् । यात्रुहरुले पनि विद्युतीय गाडीमा यात्रा गर्न सहज र आरामदायी भएको बताउनुभयो।

    सन्धिखर्कबाट बुटवलसम्म विद्युतीय गाडीमा यात्रा गर्दा गन्ध पनि नआउने र बान्ता हुने सम्भावना पनि कम हुने यात्रु अशोक पौडेलको भनाई रहेको छ । उहाँले भाडा पनि सस्तो भएकाले अब सवैले विद्युतीय गाडीलाई प्रोत्साहन गर्नुपर्ने बताउनुभयो ।

    धुँवारहित भएकाले बाताबरण प्रदूषण हुनबाट जोगिन्छ’ ‘वातावरणलाई स्वच्छ राख्नलाई पनि विद्युतीय गाडीको प्रयोग बढाउनुपर्छ पौडेलको भनाई छ । सन्धिखर्कको बसपार्क र सन्धिखर्क– गोरसिङ्गे सडकको भेडामारेमा चार्जिङ स्टेशन राखिएको छ ।

  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा

    कपिलवस्तु । हरितालिका तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा लागेको भीडभाडको मौका छोपेर दर्शनार्थी महिलाका सुनका

  • ३६५ परिवारले पाए वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा, धनुषामा लालपुर्जा वितरण अभियान तीव्र

    जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend