Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

रुबिनाको शतक र पूजाको अर्धशतकमा नेपालले दियो माल्दिभ्सलाई २२८ रनको विशाल लक्ष्य


१, फागुन २०८०
  • 137
    SHARES
  • रुबिनाको शतक र पूजाको अर्धशतकमा नेपालले दियो माल्दिभ्सलाई २२८ रनको विशाल लक्ष्य

    काठमाडौं । मलेसियामा जारी एसीसी वुमन्स प्रिमियर कपमा नेपालले माल्दिभसलाई २२८ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ ।

    टस जितेर सुरुआतमा ब्याटिङ गरेको नेपालले शानदार प्रदर्शन गर्दै निर्धारित २० ओभरमा २२७ रन जोड्यो ।नेपालका लागि रुविना बेल्बासे क्षेत्रीले शानदार शतक प्रहार गरेकी छन् ।

    रुविनाले मलेसियामा जारी एसीसी वुमन्स प्रिमियर कपमा माल्दिभ्सविरुद्ध ५४ बलमा शतक पूरा गर्दै दुर्लभ इतिहास रचेकी हुन् ।

    उनी नेपालबाट कुनै पनि अन्तर्राष्ट्रिय खेलमा शतक हान्ने पहिलो नेपाली खेलाडी बनेकी हुन् । यसअघि नेपालबाट अन्तर्राष्ट्रिय महिला क्रिकेटमा सर्वाधिक रन ८२ रन थियो ।

    २०२१ नोभेम्बरमा सीता रानामगरले कतारविरुद्ध बनाएको ८२ रन नै कुनैपनि नेपाली महिला क्रिकेटरले बनाएको उच्च योगफल थियो । नेपालले १८ ओभरमा १९१ रन बनाउन ४ विकेट गुमाएको छ । 

    रुविना ५४ बलमा १० चौका र ३ छक्कासहित १०२ रनमा क्रिजमा छिन् । रुविनाले समग्रमा आज ५९ बलमा नटआउट रहँदै ११८ रनको विष्फोटक पाली खेलिन् । उनले ५९ बलमा १० चौका र ५ छक्का प्रहार गरिन्। 

    त्यस्तै अर्धशतक हिर्काएकी पूजा महतोले ५९ रन जोड्दा सीता राना मगले १५, कविता कुँवरले १३ र डल्ली भट्टले ६ रन जोडे । इन्दू बर्मा शून्य रनमा आउट भईन् । पूजा महतोले ३६ बलमा ५ चौका र १ छक्काको मद्दतमा नटआउट ५९ रन बनाइन्। 

    समूह डी मा नेपाल २ खेलमा ४ अंकका साथ शीर्षस्थानमा रहँदै क्वाटरफाइनलमा पुगिसकेको छ । नेपाल अपराजित रहँदै क्वाटरफाइनल खेल्न चाहन्छ ।

    सुरुआती दुवै हारका साथ माल्दिभ्स प्रतियोगिताबाट बाहिरिएको हुँदा नेपालसँगको खेल प्रतिष्ठाका लागिमात्रै हुनेछ ।

     

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend