Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

रुविनाको ऐतिहासिक शतकले नेपालको कीर्तिमानी जित, माल्दिभ्स २१४ रनले पराजित


१, फागुन २०८०
  • 169
    SHARES
  • रुविनाको ऐतिहासिक शतकले नेपालको कीर्तिमानी जित, माल्दिभ्स २१४ रनले पराजित

    काठमाडौं । मलेसियामा जारी एसीसी वुमन्स प्रिमियर कपमा नेपालले लगातार तेस्रो जित निकालेको छ । तेस्रो जित निकाल्ने क्रममा नेपालले माल्दिभ्सलाई २१४ रनको विशाल अन्तरले पाखा लगाएको हो ।

    नेपालले दिएको २२८ रनको विशाल लक्ष्य पछ्याएको माल्दिभ्स १३.३ ओभरमा मात्र १३ रनमा समेटियो ।माल्दिभ्सका लागि कुनैपनि खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

    माल्दिभ्सलाई लज्जास्पद हार चखाउने क्रममा नेपालका अस्मिना कमचार्य एक्लैले ४ विकेट लिईन् भने पूजा महतो र रुविना बेल्बासे क्षेत्रीले समान ३ विकेट लिईन् ।

    यसअघि टस जितेर सुरुआतमा ब्याटिङ गरेको नेपालले शानदार प्रदर्शन गर्दै निर्धारित २० ओभरमा २२७ रन जोड्यो । नेपालका लागि रुविना बेल्बासे क्षेत्रीले शानदार शतक प्रहार गरेकी छन् । रुविनाले मलेसियामा जारी एसीसी वुमन्स प्रिमियर कपमा माल्दिभ्सविरुद्ध ५४ बलमा शतक पूरा गर्दै दुर्लभ इतिहास रचेकी हुन् ।

    उनी नेपालबाट कुनै पनि अन्तर्राष्ट्रिय खेलमा शतक हान्ने पहिलो नेपाली खेलाडी बनेकी हुन् । यसअघि नेपालबाट अन्तर्राष्ट्रिय महिला क्रिकेटमा सर्वाधिक रन ८२ रन थियो । २०२१ नोभेम्बरमा सीता रानामगरले कतारविरुद्ध बनाएको ८२ रन नै कुनैपनि नेपाली महिला क्रिकेटरले बनाएको उच्च योगफल थियो ।

    नेपालले अन्तर्राष्ट्रिय महिला टी(२) क्रिकेटमा बनाएको पनि यो सर्वाधिक रन हो । नेपालले यसअघि सन् २०२१ को नोभेम्बर १८ तारिखमा खेलिएको कतारविरुद्धको खेलमा तीन विकेट गुमाएर एक सय ६४ रन बनाएको थियो ।

    रुविनाले केवल ५९ बलको सामना गरी पाँच छक्का र १० चौका हिर्काउँदै अविजित एक सय १८ रन बनाइन् ।खेलमा उनको स्ट्राइक रेट दुई सय रह्यो । छैटौँ नम्बरमा क्रिज समाल्न आएकी पूजाले पनि टोलीका लागि अविजित ५९ रनको योगदान गरिन् ।

    पूजाले केवल ३६ बलको सामना गरी एक छक्का र पाँच चौका हिर्काइन् । अन्तर्राष्ट्रिय टी(२) क्रिकेटमा पूजाको यो पहिलो अर्धशतक पनि हो । त्यसअघि ओपनर ब्याटर सीता रानामगरले १५ र कविता कुँवरले ११ रन बनाएका थिए । कप्तान इन्दु बर्मा भने शून्य रनमै पभेलियन फर्किएकी थिइन् ।

    डली भट्टले पनि टोलीको खातामा ६ रन थपिन् । नेपालले अतिरिक्त रूपमा पनि १६ रन पाएको थियो । समूह डी मा नेपाल २ खेलमा ४ अंकका साथ शीर्षस्थानमा रहँदै क्वाटरफाइनलमा पुगिसकेको छ । 

    नेपाल अपराजित रहँदै क्वाटरफाइनल खेल्न चाहन्थ्यो जून पूरा भएको छ । सुरुआती दुवै हारका साथ माल्दिभ्स प्रतियोगिताबाट बाहिरिएको हुँदा नेपालसँगको खेल प्रतिष्ठाका लागिमात्रै हुनेछ ।

     

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend