Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

रिब्दीकोटमा २ दिने क्षमता विकास तालिम सम्पन्न


१, फागुन २०८०
  • 307
    SHARES
  • रिब्दीकोटमा २ दिने क्षमता विकास तालिम सम्पन्न

    पाल्पा । रिब्दीकोट गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालयका जनप्रतिनिधि तथा कर्मचारीहरुका लागि गुणस्तरीय आर्थिक, सामाजिक, भौतिक पूर्वाधार विकासको माध्यमबाट समृद्ध रिब्दीकोट भन्ने मुल नाराका साथ फाल्गुण २८ र २९ गते सन्चालन भएको थियो ।

    कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीले पालिकाको विकासमा टेवा पुग्ने उदेश्यले यो कार्यक्रम आयोजना गरिएको बताउनुभयो । यस तालिमले जनप्रतिनिधि र कर्मचारीहरुको मनोबल उच्च बनाएको महसुस भएको छ । आगामी दिनमा सिकेका कुराहरुलाई ब्यवहारमा उतार्ने उहाँले प्रतिबद्धता जायर गर्नुभयो ।त्यस्तै उपाध्यक्ष कान्ती अधिकारीले यो कार्यक्रमबाट काम गर्न थप हौसला मिलेको बताउनुभयो ।

    कार्यक्रमको प्रमुख प्रशिक्षकको रुपमा राष्ट्रिय सुचना आयोगका पुर्वप्रमुख आयुक्त कृष्णहरि बास्कोटाले पालिकाले पाएको अधिकार नबुझदा सोचेअनुसारको उपलब्धी हासिल गर्न नसकेको बताउनुभयो । उहाँले आफनो अधिकार क्षेत्रको अध्ययन गरी पालिकाको विकास र समृद्धिको लागि एकजुट भई आफनो कार्यक्षमतालाई प्रयोग गर्न सुझाव दिनुभयो ।

    त्यस्तै प्रशिक्षण र विकास सम्बन्धी विशेषज्ञ हिम्मत सिङ लेकालीले सकारात्मक सोचबाट अगाडि बढे विकास सम्भव हुने बताउनुभयो । त्यसको लागि आफनो जिम्मेवार र कर्तब्यलाई भुल्न नहुने उहाँको भनाई छ । 

    कार्यक्रमको सन्चालन गाउँपालिकाका सुचना अधिकारी रुकलाल अधिकारीले गर्नुभएको थियो । तालिम रिब्दीकोट गाउँ कार्यपालिकाको आयोजना र तालिम प्रदायक संस्था बुद्धभुमि कन्सल्टिङ प्रा. लि. काठमाडौले गरेको थियो ।423472577_1376260769924320_2738655480932440324_n.jpg423147696_3733092933642998_3961313844115103298_n.jpg423422379_4390738101151537_9040338070060159442_n.jpg

  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा

    कपिलवस्तु । हरितालिका तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा लागेको भीडभाडको मौका छोपेर दर्शनार्थी महिलाका सुनका

  • ३६५ परिवारले पाए वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा, धनुषामा लालपुर्जा वितरण अभियान तीव्र

    जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend