Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

क्रिकेटमा रुबिनाको कीर्तिमानी 


२, फागुन २०८०
  • 192
    SHARES
  • क्रिकेटमा रुबिनाको कीर्तिमानी 

    काठमाडौँ । नेपाली महिला क्रिकेटमा प्रमुख योगदान दिने खेलाडीको नाम लिँदा सबैभन्दा अगाडि आउने नाम हो– रुबिना क्षेत्री बेल्बासे । रुबिनाले १४ वर्षदेखि निरन्तर राष्ट्रिय महिला क्रिकेट टिममा रहेर सेवा गरिरहनुभएको छ । 

    उहाँले ११ वर्ष त राष्ट्रिय टिमको नेतृत्व नै गर्नुभयो । रुबिनाले उमेर समूहमा पनि नेपालको नेतृत्व गर्नुभएको छ ।यसै वर्ष मात्र उहाँलाई महिला क्रिकेट टिमका कप्तानमा इन्दु वर्माले स्थानापन्न गर्नुभएको हो ।

    यद्यपि ३० वर्षीया रुबिना अहिले पनि नेपाली महिला क्रिकेटको हस्ती हुनुहुन्छ, जसलाई उहाँले मङ्गलबार एसिसी महिला टी–२० प्रिमियर कपमा पुनः साबित गर्नुभएको छ ।

    रुबिनाले मलेसियाको बाङ्गीस्थित वाइएसडी क्रिकेट ओभल मैदानमा माल्दिभ्सविरुद्ध पालकी रुबिना क्षेत्री अविजित ११८ रनको दुर्लभ शतकीय पालि खेल्नुभयो ।

    उहाँले मात्र ५९ बलको सामना गरी दस चौका र पाँच छक्का प्रहार गर्नुभयो । रुबिना नेपालबाट महिला अन्तर्राष्ट्रिय क्रिकेटमा शतक हान्ने पहिलो खेलाडीसमेत बन्नुभएको छ ।

    यसअघि महिला टी–२० अन्तर्राष्ट्रियमा नेपालका लागि सर्वाधिक रन बनाउने कीर्तिमान सीता रानामगरको नाममा थियो । सन् २०२१ मा दोहामा भएको खेलमा सीताले घरेलु टिम कतारविरुद्ध अविजित ८२ रन बनाएको कीर्तिमान राख्नुभएको थियो । 

    रुबिनाको यसअघिको सर्वाधिक स्कोर भने ५० रनको हो, जुन उहाँले कतारविरुद्ध नै बनाउनुभएको थियो ।रुबिनाको शतकको सहयोगमा नेपालले माल्दिभ्सविरुद्ध पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा २२७ रन बनायो ।

    यो पनि नेपाली महिला टिमले अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको सर्वाधिक स्कोर भएको छ । यसअघि सीताले कीर्तिमान ८२ रन बनाएकै खेलमा नेपालले कतारविरुद्ध बनाएको १६४ रन सर्वाधिक स्कोरका रूपमा रहेको थियो ।

    नेपाली क्रिकेटमा रुबिनाको नाममा अर्को अद्भुत कीर्तिमान पनि छ । अन्तर्राष्ट्रिय पदार्पण खेलमै ह्याट्रिकसहित पाँच विकेट लिने दुर्लभ कीर्तिमान उहाँको नाममा छ ।

    सन् २००९ मा एसिसी महिला टी–२० च्याम्पियन्सिपमा १६ वर्षीया रुबिनाले सिङ्गापुरविरुद्ध अन्तिम ओभरमा ह्याट्रिकसहित पाँच विकेट लिएको प्रदर्शनलाई नेपाली क्रिकेटमा अहिलेसम्म पनि सम्झिइने गरिन्छ । 

    रुबिनाले अन्तिम ओभरमा बलिङ गर्नुअघि सिङ्गापुरलाई पाँच विकेट सुरक्षित हुँदा दुई रन मात्र आवश्यक थियो ।नेपाली क्रिकेटको इतिहासमै रुबिना अन्तर्राष्ट्रिय खेलमा ह्याट्रिक लिने पहिलो खेलाडी बन्नुभएको थियो ।

    रुबिना, सीतासँगै विदेशमा व्यावसायिक फ्रेन्चाई लिग क्रिकेट खेल्ने नेपालकी पहिलो क्रिकेटर पनि हुनुहुन्छ । यी दुवैले अन्तर्राष्ट्रिय क्रिकेट परिषद्बाट मान्यता प्राप्त महिला टी–२० क्रिकेट फेयर ब्रेक इन्भिटेसनल लगातार खेलिरहेकी रहनुभएको छ । रुबिना क्रिकेट खेल्ने क्रममा अस्ट्रेलिया समेत पुग्नुभएको छ ।  

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend