Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

बुटवल लोकनृत्य प्रतियोगिताको पुरस्कार एभरेष्ट माविले जित्यो


२, फागुन २०८०
  • 125
    SHARES
  • बुटवल लोकनृत्य प्रतियोगिताको पुरस्कार एभरेष्ट माविले जित्यो

    बुटवल । बुटवल उपमहानगरपालिकाले आयोजना गरेको प्रथम लोकनृत्य प्रतियोगिताको पुरस्कार एभरेष्ट माविले जितेको छ।

    ६५ औं स्थापना दिवसको अवसर पारेर बुटवल उपमहानगरपालिकाले आयोजना गरेको २ दिने लोक नृत्य प्रतियोगिताको उपाधिकसँगै १ लाख रुपैयाँ नगद पुरस्कार जितेको हो।

    ४४ वटा विद्यालयमध्येबाट नवीन औद्योगिक मावि दोश्रो हुँदै ६० हजार रुपैयाँ जितेको छ भने न्यू होराइजन मावि र अक्सफोर्ड मावि तृतीय हुँदै नगद २५ हजार रुपैयाँ जितेका छन्।

    बुधबार प्रतियोगिताको समापनका अवसरमा निर्णायक संयोजक दुर्गा रायमाझीले प्रस्तुत भएका नृत्यहरुमध्ये सबैजसो विद्यालयका प्रस्तुति राम्रा भएको बताउँदै विविध समुदाय र क्षेत्रका नृत्यहरुले नेपालकै विविधता झल्काएको बताए।

    प्रतियोगितामा उत्कृष्ट हुने विद्यालयहरुलाई बिहीबार बुटवल उपमहानगरपालिकाको ६५औ स्थापना दिवसका अवसरमा पुरस्कार प्रदान गरिने लोकनृत्य प्रतियोगिताका संयोजक तथा वडा नं १३ का अध्यक्ष नारायण पुनले बताए।

    नगर प्रमुख खेलराज पाण्डेयले बुटवललाई सबै क्षेत्रमा अब्बल नगर बनाउनका लागि क्षमता विकास तथा क्षमता प्रदर्शन कार्यक्रमहरु आयोजना गरिएको बताए ।

    उनले बुटवलमा खेल क्षेत्रलाई अगाडि बढाउनका लागि विद्यालयस्तरीय फुटबल प्रतियोगिता सम्पन्न भइसकेको र आगामी दिनमा अन्य प्रतियोगिताहरु सञ्चालन गर्ने तयारी गरिरहेको बताए।

    उनले बुटवललाई लोकसंस्कृति संरक्षण तथा प्रवर्द्धनमा अग्रस्थानमा राख्नका लागि प्रतियोगिता आयोजना गरेको बताए ।

    उनले लोकसंस्कृतिको जगेर्ना तथा विद्यालयस्तरबाटै क्षमता विकासको कार्यक्रमअन्तरगत लोकनृत्य प्रतियोगिता आयोजना गरेको बताए। लोकनृत्य प्रतियोगितामा बुटवलका ४४ विद्यालय सहभागी थिए।IMG_8367.JPG

  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा

    कपिलवस्तु । हरितालिका तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा लागेको भीडभाडको मौका छोपेर दर्शनार्थी महिलाका सुनका

  • ३६५ परिवारले पाए वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा, धनुषामा लालपुर्जा वितरण अभियान तीव्र

    जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend