Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

बुटवलका २३ चोक चौराहामा हाइमास्ट लाइट जडान हुने


२, फागुन २०८०
  • 189
    SHARES
  • बुटवलका २३ चोक चौराहामा हाइमास्ट लाइट जडान हुने

    बुटवल । बुटवल उपमहानगरपालिकाले नगरका २३ वटा चोक चौराहामा उच्च क्षमताका हाइमास्ट लाइट जडान गर्ने भएको छ।

    ६५औ स्थापना दिवसको अवसर पारेर बुधबार नगर प्रमुख खेलराज पाण्डेयले बुटवलको नयाँ बसपार्क र बसपार्क नजिकैको मुख्य सडकमा हाइमास्ट लाइट निर्माणस्थलमा शिलान्याश तथा बसपार्क सरसफाइ कार्यक्रमको शुभारम्भ गरे । 

    हाइमास्ट लाइट जडानस्थलमा शिलान्याश गर्दै प्रमुख पाण्डेयले उज्यालो बुटवल कार्यक्रम अन्तरगत बुटवलका २३ वटा स्थानमा हाइमास्ट लाइट जडान गर्ने बताए ।

    उनले बुटवललाई उज्यालो, हरियाली र सरसफाइयुक्त सहर बनाउने योजनाका साथ मुख्य सडकमा सौन्दर्यीकरण, हरियाली र उच्च क्षमताका बत्ती जडान गर्ने काम अगाडि बढेको बताए ।

    उनले बुटवललाई देशकै उत्कृष्ट पर्यटकीय विश्रामस्थलका रुपमा स्थापित गर्ने योजनाअनुसार पर्यटनका क्षेत्रमा काम गरिरहेको बताए ।

    बसपार्कलाई सुविधासम्पन्न बनाउनका लागि स्नानगृहसहितको शौचालय निर्माण भइरहेको, उच्च क्षमताको वाइफाइ जडान भएको र हाइमास्ट लाइट जडान हुने क्रममा रहेको बताउँदै नगर प्रमुख पाण्डेयले छिटै नै विश्रामस्थल र सुविधासम्पन्न क्यान्टिन सञ्चालन हुने बताए ।

    उनले नगरले ६५औ स्थापना दिवस विविध सिर्जनात्मक कार्यक्रम गरी मनाइरहेको बताउँदै शिक्षा, स्वास्थ्य, खेलकुद र रोजगारलाई विशेष प्राथमिकता दिएको बताए ।

    विद्यालयस्तरबाटै खेलाडी उत्पादन गर्ने उदेश्यले नगरभित्रका विद्यालयबीचमा फुटबल प्रतियोगिता, लोकसंस्कृतिको संरक्षण र प्रवर्द्धनका लागि लोकनृत्य प्रतियोगिता, महिलालाई सीप र उद्मसँग जोड्न गृहणी महिला रोजगार कार्यक्रम र महिला उद्यमशीलता कार्यक्रम सञ्चालन गरिरहेको बताए ।

    यस्तै उनले नगरभित्रका जेष्ठ नागरिक र अपांगता भएका र फरक क्षमता भएकाहरुको घरदैलोमै उपचार सेवा पुर्‍याउन बाआमासँग नगरप्रमुख कार्यक्रम सञ्चालन भइरहेको बताए ।

    यस्ता धेरै कार्यक्रमले बुटवललाई समुन्नत सहरका रुपमा स्थापित गर्ने बताउँदै उनले उज्यालो बुटवल कार्यक्रमले सहरलाई उज्यालो बनाउने र रात्रीकालीन बजार सञ्चालनका लागि समेत सघाउ पुर्‍याउने बताए।

    बुटवल उपमहानगरपालिकाका शहरी पूर्वाधार महाशाखा प्रमुख सुमन श्रेष्ठका अनुसार बुटवलका २३ वटा चोकचौराहामा १० मिटर, १२.५ मिटर र १६ मिटरका लाइट जडान हुनेछन् । 

    जसअनुसार योगीकुटी चोक, कालिका चोक, बसपार्क, अस्पताल लाइन, पूरानो बसपार्क, लक्ष्मीनगर गेट, बीटीआइ चोक, राजमार्ग चौराहा, जितगढी किल्ला र गोलपार्कमा १६ मिटरका १२ वटा लाइट जडान हुनेछन्।

    यस्तै वीपी चोक, जेसिज चोक, तिनकुने चोक, टक्सार चोक, देवीनगर चौपारी चोक, देवशिद्ध चोक, बधशाला क्षेत्रमा साढे १२ मिटरका ७ वटा लाइट जडान हुनेछन्।

    यस्तै गरी नेपाल टेलिकम अगाडि, उपमहानगरपालिका गेट, होराइजन चोक र बुद्धनगर स्वास्थ्य चौकीनजिकै १० मिटरका ४ वटा लाइट जडान हुने श्रेष्ठले बताए।

    उनका अनुसार टेण्डरमार्फत १ करोड ८१ लाख ७२ हजार रुपैयाँमा नेपाल पावर सोलुसन प्रालि हेटौडासँग २०८० माघ १२ गते हाइमास्ट लाइट जडानका लागि ठेक्का सम्झौता भएको छ।High Mast Light (2).jpg

  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा

    कपिलवस्तु । हरितालिका तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा लागेको भीडभाडको मौका छोपेर दर्शनार्थी महिलाका सुनका

  • ३६५ परिवारले पाए वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा, धनुषामा लालपुर्जा वितरण अभियान तीव्र

    जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend