Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

सुदूरपश्चिमले जित्यो अन्डर-१९ राष्ट्रिय टी-ट्वान्टी क्रिकेटको उपाधि


३, फागुन २०८०
  • 107
    SHARES
  • सुदूरपश्चिमले जित्यो अन्डर-१९ राष्ट्रिय टी-ट्वान्टी क्रिकेटको उपाधि

    बाँके । सुशील कोइराला मेमोरियल अन्डर-१९ राष्ट्रिय टी-ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि सुदूरपश्चिम प्रदेशले जितेको छ ।

    कोहलपुर नगरपालिकाले आयोजना गरेको प्रतियोगिताको फाइनलमा सुदूरपश्चिमले कोहलपुर मेयर-११ लाई २ विकेटले पराजित गर्‍यो ।

    कोहलपुर क्रिकेट रंगशालामा सम्पन्न फाइनलमा कोहलपुर मेयर-११ ले दिएको १०३ रनको लक्ष्य सुदूरपश्चिमले ८ विकेट गुमाएर अन्तिम बलमा भेटायो । अन्तिम बलमा १ रन आवश्यक हुँदा हिसिला खड्काले चौका प्रहार गर्दै सुदूरपश्चिमलाई जिताइन् ।

    सुदूरपश्चिमको लागि ओपनर मनिषा बोहराले सर्वाधिक ४१ रन बनाइन् । प्लेयर अफ द म्याच घोषित बोहराले ४१ बलमा ५ चौका प्रहार गरिन् ।

    कप्तान स्नेहा महराले १६ रन, निलम पाण्डेले ९ रन, रबिना साउद र अनु कडायतले समान ८ रन तथा हिसिला खड्काले अविजित ६ रन बनाए ।

    यसअघि टस जितेर ब्याटिंग गरेको कोहलपुर मेयर-११ ले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १०२ रन बनायो।

    कोहलपुरको लागि कप्तान सना प्रविनले सर्वाधिक ४१ रन योगदान दिइन् । ओपनिंग ब्याटिङ गरेर अविजित रहँदै प्रविनले ५४ बलमा ३ चौका मद्दतले ४१ रन बनाएकी थिइन् । रिया शर्माले अविजित १४ तथा तृष्णा विश्वकर्माले १२ रन बनाए ।

    सुदूरपश्चिमको बलिङमा अनु कडायत र स्नेहा महराले २/२ विकेट लिए । अनुले ४ ओभरमा २८ रन तथा स्नेहाले ४ ओभरमा १ मेडन गर्दै ८ रन खर्चिन् ।

    उपाधि सहित सुदूरपश्चिम प्रदेशले एक लाख रुपैयाँ हात पार्‍यो । उपविजेता कोहलपुर मेयर-११ ले पचास हजार रुपैयाँ पायो ।

    प्रतियोगिताकै उत्कृष्ट खेलाडी कोहलपुर मेयर-११ कि कप्तान सना प्रविन भइन् र उनले १५ हजार रुपैयाँ हात पारिन् ।

    उत्कृष्ट बलर गण्डकी प्रदेशकी रचना चौधरी तथा उत्कृष्ट ब्याटर कोहलपुर मेयर-११ कि सना प्रविन घोषित भए ।उनीहरुले समान ५ हजार रुपैयाँ प्राप्त गरे । उदयमान प्रतिभा सुदूरपश्चिम प्रदेशकी सावित्री धामी घोषित भइन् ।

     

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend