Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

मणिमुकुन्द कप भलिबल : मानबहादुर सर्वोत्कृष्ट खेलाडी घोषित


४, फागुन २०८०
  • 123
    SHARES
  • मणिमुकुन्द कप भलिबल : मानबहादुर सर्वोत्कृष्ट खेलाडी घोषित

    बुटवल । त्रिभुवन आर्मी क्लबका मानबहादुर श्रेष्ठ रुपन्देहीको तिलोत्तमामा भएको नवौं मणिमुकुन्द कप राष्ट्रियस्तर पुरुष भलिबल प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी चुनिएका छन् ।

    आर्मीलाई उपाधि दिलाउन बिहीबार महत्वपूर्ण योगदान गरेको मानबहादुर राष्ट्रिय भलिबल टोलीका कप्तान हुन् । पुषमा बागलुङमा भएको बुकी कपमा सर्वोत्कृष्ट खेलाडी चुनिएपछि मानबहादुर पहिलो पटक सर्वोत्कृष्ट घोषित भएका हुन्। उनले ट्रफीसहित १० हजार रुपैयाँ प्राप्त गरे ।army-best-1024x768.jpgआर्मीकै हरि अधिकारी उत्कृष्ट ब्लकर, धनबहादुर भट्ट उत्कृष्ट स्पाइकर र सोही टोलकिा जगतसिंह ठकुरी उत्कृष्ट प्रशिक्षक चुनिए । दोस्रो स्थानको गण्डकी प्रदेशका विवश आले उत्कृष्ट सेटर, सन्तोष विक उदीयमान खेलाडी तथा एपिएफका हेमन्त मल्ल उत्कृष्ट सर्भर र विजय थापा अनुशासित खेलाडी चुनिएका छन् । उत्कृष्ट, उदयीमान र अनुशासित खेलाडीले समान ५ हजार रुपैयाँ प्राप्त गरेका छन् ।

    आर्मी च्याम्पियन

    army-manimukunda-champion-1024x576.jpgआर्मी क्लबले नवौं मणिमुकुन्द कप राष्ट्रियस्तर भलिबल प्रतियोगिताको उपाधि जितेको छ । रुपन्देहीको तिलोत्तमामा बिहीबार भएको फाइनलमा गण्डकी प्रदेशलाई ३–० को सोझो सेटमा हराउँदै आर्मीले उपाधि जितेको हो । एकपक्षिय फाइनलमा आर्मीले गण्डकी २५–२१, २५–१८ र २५–२१ ले हराउँदै उपाधि जितेको थियो।

    दुई महिनाअघि बाग्लुङमा बुकी कप जितेयता आर्मीको यो पहिलो उपाधि हो । त्यसयता आर्मी सुर्खेतमा भएको ३४ औं राष्ट्रिय प्रतियोगिता, पोखरामा भएको टाइगर कप र महेन्द्रनगरमा भएको मुख्यमन्त्री कपको फाइनल पनि पुग्न असफल भएको थियो ।received_288559224079677-1024x576.jpegनेपाल एपिएफ मणिमुकुन्द कपमा तेस्रो भएको छ । अर्को विभागिय टोली एपिएफ नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा हराउँदै तेस्रो स्थान हासिल गरेको हो ।

    एपिएफले २५–२०,२५–२० र २५–१७ को सहज जित निकालेको थियो। सेमिफाइनलमा बुधबार गण्डकीले पुलिसलाई ३–२ ले र आर्मीले एपिएफलाई ३–० हराउँदै फाइनल पुगेका थिए ।

    मणिमुकुन्द भलिबल क्लब, रुपन्देहीको आयोजना नेपाल भलिबल संघको संयोजन तथा प्रदेश खेलकुद परिषद, लुम्बिनीले मुख्य प्रायोजनमा माघ २६ गते देखि सुरु भएको प्रतियोगितामा ७ प्रदेश र ३ विभागि गरि १० टोलीको सहभागिता थियो ।

    प्रतियोगिताको विजेताले २ लाख , दोस्रोले र १ लाख ५०, तेस्रोले १ लाख र चौथो टोलीले ५० हजार रुपैयाँ प्राप्त गरेका छन् । तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाण, खेलकुद विकास परिषद लुम्बिनीका सदस्य सचिव जयप्रकाश भट्टराईलगायतले विजेतासहितका टोलीका खेलाडीलाई पुरस्कृत गरेका थिए ।

    नवौं मणिमुकुन्द कप भलिबल प्रतियोगिता

    सर्वोत्कृष्ट खेलाडी– मानबहादुर श्रेष्ठ, आर्मी

    उत्कृष्ट

    सेटर – विवश आले, गण्डकी
    ब्लकर – हरि अधिकारी, आर्मी
    सर्भर – हेमन्त मल्ल, एपिफ
    स्पाइकर – धनबहादुर भट्ट, आर्मी
    प्रशिक्षक – जगतसिंह ठकुरी, आर्मी
    उदीयमान खेलाडी – सन्तोष विक, गण्डकी
    अनुशासित खेलाडी – विजय थापा, एपिएफ

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend