Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

उद्योगमा दक्ष कामदार अभाव


४, फागुन २०८०
  • 133
    SHARES
  • उद्योगमा दक्ष कामदार अभाव

    बुटवल । रुपन्देहीका उद्योगी व्यवसायीले दक्ष जनशक्ति नहुँदा अझै पनि भारत र तेस्रो मुलुकबाट कामदार ल्याउनुपर्ने बाध्यता रहेको बताएका छन् । 

    रुपन्देहीमा रहेका ठुला उद्योगमा अहिले पनि ठुलो सङ्ख्यामा भारतीय कामदार ल्याउनुपर्ने बाध्यता रहेको बताउँदै उद्योगीले नेपाली विभिन्न तालिम तथा प्राविधिक क्षेत्रमा दक्ष नहुँदा समस्या परिरहेको बताएका हुन् । 

    नेपालमा थुप्रै तालिमप्रदायक संस्थाले प्राविधिक क्षेत्रका तालिम सञ्चालन गरेपनि ती तालिमबाट उत्पादित जनशक्तिले उद्योगी व्यवसायीको आवश्यकता पूरा गर्न नसकेको उद्योगीको भनाइ छ । 

    बुटवल उद्योग वाणिज्य सङ्घ रुपन्देहीले बुधबार सङ्घ सचिवालय बुटवलमा एसियाली विकास बैङ्कका प्रतिनिधिसँग गरेको अन्तर्क्रियात्मक छलफलमा उद्योगी व्यवसायीले तालिमप्रदायक संस्थाले बजारको सर्वेक्षण नगरी तालिम सञ्चालन गर्ने गरेका कारण तालिम प्राप्त जनशक्तिले रोजगारी नपाएको र उद्योगी व्यवसायीले पनि सम्बन्धित विषयमा दक्ष जनशक्ति पाउन नसकेको गुनासो गरेका हुन् । 

    बुटवल उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरिप्रसाद अर्यालले सिटिइभिटीलगायतका तालिमप्रदायक संस्थाले उद्योगी व्यवसायीसँग परामर्श गरेर तालिम सञ्चालन गर्ने हो भने उद्योगी व्यवसायीका आवश्यकता पनि पूरा हुने र उत्पादित जनशक्तिलाई स्वदेशमै रोजगारी प्रदान गर्न सकिने बताउनुभयो । 

    उहाँका अनुसार उद्योग, कृषि, पर्यटनलगायतका क्षेत्रमा दक्ष जनशक्तिको उच्च माग छ तर उत्पादित जनशक्ति सम्बन्धित काममा फिट नहुँदा समस्या जस्ताको तस्तै छ । 

    बुटवल उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष जीवनप्रसाद ओझाले तालिम प्राप्त जनशक्तिले रोजगारी नपाउने र उद्योगी व्यवसायीले पनि आवश्यकता अनुसारको जनशक्ति नपाउँदा तालिममा गरेको लगानी बालुवामा पानीसरह भएको बताउनुभयो । 

    कार्यक्रममा एसियाली विकास बैङ्कका कन्सल्टेन्ट डा.प्रमोदबहादुर श्रेष्ठले शिक्षालाई सिप र सिपलाई रोजगारीसँग जोड्नुपर्ने बताउँदै औद्योगिक विकासको वातावरण सरकारले तयार गर्नुपर्ने बताउनुभयो । 

    उहाँले सरकारले साँच्चै औद्योगिक विकास चाहेको हो भने निजी क्षेत्रलाई कस्तो जनशक्ति चाहिएको हो, परामर्श लिएर आवश्यकताका आधारमा तालिम सञ्चालन गर्नुपर्ने बताउनुभयो । 

    बुटवल टेक्निकल इन्स्टिच्युटका कार्यकारी प्रमुख अभिमन्यु भीमार्जुन पन्थीले भने बिटिआईले विगत ६० वर्षदेखि अन दी जब तालिम कार्यक्रम सञ्चालन गरिरहेको र तालिमपश्चात् उनीहरू स्वरोजगार र रोजगारीमा जोडिएको दाबी गर्नुभयो । उहाँले बिटिआईले सिप, रोजगार र उद्योगलाई आपसमा जोड्ने काम गरेको बताउँदै कतिपय कुरामा नीतिगत रूपमै समाधान खोज्नुपर्ने बताउनुभयो । 

  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा

    कपिलवस्तु । हरितालिका तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा लागेको भीडभाडको मौका छोपेर दर्शनार्थी महिलाका सुनका

  • ३६५ परिवारले पाए वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा, धनुषामा लालपुर्जा वितरण अभियान तीव्र

    जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend