Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

हिन्दु धर्मको एजेण्डा कांग्रेसभित्र कल्पवृक्षको रुपमा हुर्किरहेको छ : नेता भण्डारी


५, फागुन २०८०
  • 149
    SHARES
  • हिन्दु धर्मको एजेण्डा कांग्रेसभित्र कल्पवृक्षको रुपमा हुर्किरहेको छ :  नेता भण्डारी

    काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री शंकर भण्डारीले पार्टीभित्र हिन्दु धर्मको एजेण्डा कल्पवृक्षको रुपमा हुर्किरहेको दाबी गर्नुभएको छ ।

    आज (शनिबार) नेपाली रेडियो नेटवर्कको नेपाली वहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उहाँले यस्तो बताउनुभएको हो । 

    नेपालजस्तो स्वाधिन, स्वतन्त्र, सार्वभौमसत्ता सम्पन्न मुलुकमा विभिन्न प्रकारले स्वार्थ केन्द्रीत गतिविधि भइरहेको पहिलो प्रहार धर्म संस्कृतिमाथि परिरहेको बताउनुभएको हो ।

    संसारका अन्य मुलुकले आफ्नो देशको धर्म संस्कृतिको रक्षा गरेझैं नेपालले पनि हिन्दु धर्म र संस्कृतिको रक्षा गर्नुपर्ने उहाँको भनाइ छ । राष्ट्रवादी चिन्तन बोकेको पार्टी भएको नाताले कांग्रेसले हिन्दु धर्मको एजेण्डा बोक्नुपर्ने उहाँको स्पष्टोक्ति छ ।

    ‘यो कल्पवृक्षको रुपमा नेपाली कांग्रेसभित्र हुर्किरहेको छ वैदिक सनातन धर्म । कुनै पनि मुलुकका नागरिकको पहिलो दायित्व आफ्नो मुलुकको स्वाभिमान, आफ्नो मुलुकको स्वाधिनता र रक्षामा भूमिका निर्वाह गर्नुहुन्छ नै ।

    हाम्रो जस्तो स्वाधिन, स्वतन्त्र, सार्वभौमसत्ता सम्पन्न मुलुकमा विभिन्न प्रकारले स्वार्थ केन्द्रीत गतिविधिहरु बढ्दै आए । 

    त्यसको पहिलो प्रहार हाम्रो देशको वैद्धिक सनातन धर्म संस्कृतिमाथि गम्भीर रुपमा पर्न थाल्यो । त्यसका गतिविधिहरु देखिन थाल्यो ।

    संसारका अन्य मुलुकले झैं हाम्रो देशले पनि वैद्धिक सनातन धर्मको रक्षा गर्नुपर्छ । कांग्रेसजस्तो राष्ट्रवादी चिन्तन बोकेको पार्टीले यो कुराको जिम्मेवारी लिनुपर्छ,’– उहाँले भन्नुभयो ।

    कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा महासमिति बैठकमा पेश हुने प्रस्तावमा हिन्दु धर्मको पक्षमा उभिन भन्दै नेता भण्डारीसहित अन्य २२ जनाले पुरक प्रस्ताव दर्ता गराएका थिए । कांग्रेसभित्र पछिल्लो समय हिन्दुराष्ट्रको पक्षमा व्यापक छलफल भइरहेको छ । 

    पार्टी सभापति शेरबहादुर देउवाले एक सार्वजनिक कार्यक्रममा हिन्दु राष्ट्रको पक्षमा नयाँ ढंगले सोच्न सकिने भनेर दिनुभएको अभिव्यक्तिले समेत यसलाई थप मलजल गरिरहेको छ ।

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend