Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

ट्याक्टरबाट लडेर ६ वर्षीय बालकको मृत्यु


५, फागुन २०८०
  • 146
    SHARES
  • ट्याक्टरबाट लडेर ६ वर्षीय बालकको मृत्यु

    रोल्पा । रोल्पामा गुडिरहेको ट्याक्टरबाट लडेर ६ वर्षीय बालकको मृत्यु भएको छ । शुक्रबार बेलुकी साढे ७ बजेतिर लु्ङ्ग्री गाउँपालिका – ३ धनेखर्कबाट वडा नं. २ को सिर्प तर्फ जाँदै गरेको लु ४ त ६७१ नम्बरको ट्याक्टरबाट लड्दा लुङ्ग्री गाउँपालिका – २ सिर्पका ६ वर्षीय सन्दिप खड्काको मृत्यु भएको हो।

    उनी ट्याक्टरको अगाडि बसेका थिए। गुडिरहेको बेला एक्कासी ट्याक्टरबाट खस्दा सन्दीप गम्भीर घाइते भएका थिए। उनको टाउको लगायत शरीरका विभिन्न भागमा गहिरो घाउ चोट लागेको थियो।

    उनलाई उद्धार गरी शुक्रबार राति ९ बजे प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरमा उपचारका लागि लगिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि बुटवल लैजाने क्रममा बाटोमै मृत्यु भएको रोल्पाका प्रहरी प्रवक्ता इन्स्पेक्टर रामनारायण गुप्ताले जानकारी दिनुभयो ।

    सिर्पका २० वर्षीय ट्याक्टर चालक दीपक बिकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । अप्ठेरो बाटोमा असावधानी पूर्वक तीव्र गतिमा ट्याक्टर कुदाउँदा बालक सन्दिपको सन्तुलन गुम्न पुगी एकाएक लड्न पुगेको हुन सक्ने प्रहरीको आशंका छ।

  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा

    कपिलवस्तु । हरितालिका तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा लागेको भीडभाडको मौका छोपेर दर्शनार्थी महिलाका सुनका

  • ३६५ परिवारले पाए वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा, धनुषामा लालपुर्जा वितरण अभियान तीव्र

    जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend