Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

समाजवादी मोर्चा नेपाल परिवर्तन गाउँपालिकाको घोषणा तथा सन्देश सभा कार्यक्रम सम्पन्न


५, फागुन २०८०
  • 180
    SHARES
  • समाजवादी मोर्चा नेपाल परिवर्तन गाउँपालिकाको घोषणा तथा सन्देश सभा कार्यक्रम सम्पन्न

    रोल्पा । समाजवादी मोर्चा नेपाल परिवर्तन गाउँपालिका स्तरीय घोषणा तथा सन्देश सभा कार्यक्रम सम्पन्न गरेको छ। समाजवादी मोर्चा नेपाल परिवर्तन गाउँपालिका रोल्पाको आयोजनामा शनिबार परिवर्तन गाउँपालिकाको बहुउद्देश्यीय सभाह्ल पुतलाचौरमा परिवर्तन गाउँपालिका स्तरीय घोषणा तथा सन्देश सभा कार्यक्रम सम्पन्न गरेको हो ।

    नेकपा(एकीकृत समाजवादी)का परिवर्तन गाउँपालिका संयोजक तथा समाजवादी मोर्चा नेपाल परिवर्तन गाउँपालिकाका संयोजक मनप्रसाद घर्तीको अध्यक्षतामा भएको परिवर्तन गाउँपालिका स्तरीय घोषणा तथा सन्देश सभा कार्यक्रमको प्रमुख अतिथीमा नेकपाका केन्द्रिय सदस्य तथा सेती ब्युरो इन्चार्ज डबल बहादुर शाह(भगतसिंह)सी रहनु भएको थियो।

    विशिष्ट अतिथीहरुमा नेकपा(एकीकृत समाजवादी)का केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेशका उप(सचिव हरि घर्ती,नेकपा केन्द्रिय सदस्य तथा पश्चिम रोल्पा जिल्ला इन्चार्ज सम्झना घर्ती सी,परिवर्तन गाउँपालिका अध्यक्ष सुक बहादुर बुढा मगर र नेकपा(माओवादी केन्द्र)लुम्बिनी प्रदेश कमिटी सदस्य हित कुमारी बुढा लगायत रहनु भएको थियो।

    समाजवादी मोर्चा नेपाल रोल्पा जिल्ला सदस्य सन्दीप ओली सी,परिवर्तन गाउँपालिकाका उपाध्यक्ष कलादेवी खत्रेनी,नेकपा(माओवादी केन्द्र)प्रदेश सल्लाहकार दिल बहादुर बुढा मगर,नेकपा रोल्पा जिल्ला सदस्य गणेश बुढा सी,नेकपा जिल्ला सदस्य तथा सहिद परिवार भैरती घर्ती सी,मगर मुक्ति मोर्चाका केन्द्रिय सदस्य इन्द्रबहादुर घर्ती(एनार्जन)र परिवर्तन गाउँपालिका(१ का वडा अध्यक्ष मैते बुढा मगर लगायको आतिथ्यता रहेको थियो भने संयुक्त तीन दलका नेता कार्यकर्ताहरुको समेत सहभागिता रहेको थियो।

    समाजवादी मोर्चा नेपालको केन्द्रिय निर्देशन अनुसार परिवर्तन गाउँपालिका रोल्पामा कार्तिक १२ गते आइतबार परिवर्तन गाउँपालिका(५ पुतलाचौरमा समाजवादी मोर्चा नेपाल गठन गरिएको थियो।

    संयुक्त तीन दल नेकपा (माओवादी केन्द्र),नेपाल कम्युनिस्ट पार्टी र नेकपा(एकीकृत समाजवादी)बीच समाजवादी मोर्चा नेपाल परिवर्तन गाउँपालिका स्तरीय गठन भएको र कार्तिक १२ आइतबार गठन भएको समाजवादी मोर्चा नेपाल परिवर्तन गाउँपालिका गठन भएको फागुन ५ शनिबार घोषणा समेत गरिएको छ।

    जसमा समाजवादी मोर्चा नेपाल परिवर्तन गाउँपालिकाको संयोजकमा नेकपा एकीकृत समाजवादीका मनप्रसाद घर्ती(संयोजक)पारस वली(सदस्य),धनकुमारी घर्ती(सदस्य),नेकपा माओवादी केन्द्रबाट नेकपा (माओवादी केन्द्र)परिवर्तन गाउँपालिकाका कार्यवाहक अध्यक्ष हरिप्रसाद बुढा मगर(सदस्य),कर्ण बुढा मगर(सदस्य),वीर बहादुर केसी(सदस्य) र नेकपा परिवर्तन गाउँ समितिबाट पृथ्वी डाँगी सी(सदस्य),हिरालाल खड्का सी,(सदस्य)चित्र बहादुर बुढा सी(सदस्य) रहेका छन।पहिलो चरणको ४ महिना नेकपा(एकीकृत समाजवादी)ले संयोजकत्व गर्ने निर्णय गरेका थिए।

    पहिलो चरणको ४ महिना नेकपा(एकीकृत समाजवादी)को संयोजकको जिम्मेवारी १५ फागुनमा सकिनेछ भने दोस्रो चरणको ४ महिनाको नेतृत्व नेकपा(माओवादी केन्द्र) र नेपाल कम्युनिस्ट पार्टीको सहमतिमा हुने समेत बताइएको छ।

    नेकपा (माओवादी केन्द्र)परिवर्तन गाउँपालिकाका कार्यवाहक अध्यक्ष हरिप्रसाद बुढा मगरको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा सम्बोधन गर्नेमा नेकपा जिल्ला सदस्य तथा सहिद परिवारको तर्फबाट भैरती घर्ती सीले हिजो जुन उद्देश्य लिएर युद्धमा होमिएको र सोचेको जस्तो नभएको र आफूहरूलाई धेरै दुख भएको बताउनु भएको छ।

    नेकपा जिल्ला सदस्य तथा पश्चिम रोल्पा जिल्ला सेक्रेटरी सन्दीप वली सीले सबै कम्युनिस्टहरु एक ठाउँमा उभिएर देशको परिवर्तन गर्न र जनयुद्धको समयमा लगाइएका सबै आरोप अन्त्य गर्न अहिलेको मोर्चा आवश्यकता रहेको बताउनुभएको छ।

    परिवर्तन गाउँपालिकाका अध्यक्ष सुक बहादुर बुढा मगरले लामो समय पछी देश संघीयतामा गएको र आम नागरिकले सरकारको अनुभुती गरेकोले आफ्नो पालिकामा लामो पर्यत्न पछी निस्शुल्क शिक्षा दिलाउन सफल भएको बताउदै,फागुन १ गतेको जनयुद्ध दिवसको अवसरमा सार्वजनिक बिदा दिन सफल भएको समेत बताउनु भएको छ।

    नेकपा(माओवादी केन्द्र)लुम्बिनी प्रदेश कमिटी सदस्य हित कुमारी बुढा मगरले सबै विचार मिल्ने शक्तिहरु एकतावद्ध हुने गरी केन्द्रिय स्तरमा गठन भएको र परिवर्तन गाउँपालिका समाजवादी मोर्चा नेपाल गठन गरी सन्देश सभा गर्ने पालिका परिवर्तन गाउँपालिका भएको र सन्देश दिन समेत सफल भएको बताउनु भएको छ।

    नेकपा केन्द्रिय सदस्य तथा पश्चिम रोल्पा जिल्ला इन्चार्ज सम्झना घर्ती सीले विभाजनमा भएका मन मिल्ने कम्युनिस्ट एकै मञ्चमा उभिएको र देश निर्माण गर्न आफूहरू एक ठाउँमा आएको र हिजो लामो संघर्षबाट प्राप्त उपलब्धिलाई रक्षा गर्नु अहिलेको आवश्यकता रहेको बताउदै अहिलेको प्रधानमन्त्रीलाई सत्र हजार मान्छे मार्ने भनी आरोप लगाउने र नेकपालाई समेत आरोप लगाउने गरेको बताउनु भएको छ।

    नेकपा(एकीकृत समाजवादी)का केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेशका उप(सचिव हरि घर्तीले परिवर्तनकारी शक्तिहरु र मन मिल्ने शक्तिहरु एक ठाउँमा आउनु आवश्यकता रहेको र आफूहरू त्यो ठाउँमा आएको बताउदै अब देशको विकास गर्न सबै एउटै मञ्चमा आउनु पर्ने थियो आयौं उनले भने।त्यसका लागि सबै मिलेर देश निर्माण गर्नु अहिले आवश्यकता रहेको र सबैको समन्वय,सहकार्य,सहयोग हुनु आवश्यकता रहेको समेत बताउनु भएको छ।

    नेकपा केन्द्रिय सदस्य तथा सेती ब्युरो इन्चार्ज डबल बहादुर शाह(भगतसिंह)ले रोल्पा क्रान्तिको,प्रगतिको र सिर्जनाको जिल्ला भएको बताउदै जनयुद्ध रोल्पा,रुकुमबाट सुरु नभएको भएको देशमा केही नहुने बताउनु भएको छ।जनयुद्ध एउटा गौरव भएको र गौरवको दिन कम्युनिस्ट एक ठाउँमा नहुनु दुस्खद पक्ष भएको समेत बताउनु भएको छ।

    माओवादीहरु अब एक ठाउँमा आउनुपर्ने बताउदै हिजोको राजतन्त्र अन्त्य गर्न महत्त्वपूर्ण भूमिका रहेको र दलाल पुँजीवादको अन्त्य गर्न माओवादी घटहरु एक ठाउँमा उभिनु आवश्यकता रहेको बताउनु भएको छ ।कार्यक्रम सञ्चालन नेकपा परिवर्तन गाउँ समितिका इन्चार्ज पृथ्वी डाँगी सीले गर्नु भएको थियो।427913889_946561516829218_2962036340084873137_n.jpg427003810_919855719538013_40643724321147466_n.jpg

  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा

    कपिलवस्तु । हरितालिका तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा लागेको भीडभाडको मौका छोपेर दर्शनार्थी महिलाका सुनका

  • ३६५ परिवारले पाए वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा, धनुषामा लालपुर्जा वितरण अभियान तीव्र

    जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend