Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

आर्यन चम्किएको खेलमा नेदरल्याण्डको सहज जित, शीर्ष स्थानमा उक्लियो नेपाल


७, फागुन २०८०
  • 132
    SHARES
  • आर्यन चम्किएको खेलमा नेदरल्याण्डको सहज जित, शीर्ष स्थानमा उक्लियो नेपाल

    काठमाडौं । आईसीसी विश्व लिग-२ अन्तर्गतको खेलमा नामिबियालाई हराउँदै नेदरल्याण्डले पहिलो जित निकालेको छ । आज भएको खेलमा नेदरल्याण्डले नामिबियालाई ७ विकेटले हरायो ।

    नामिबियाले दिएको १२४ रनको सामान्य लक्ष्य नेदरल्याण्डले २७.२ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो ।नेदरल्याण्डका लागि मिचेल लेभिटले अर्धशतक प्रहार गरे ।

    ८१ बलमा ८ चौका र २ छक्कासहित उनले ५७ रन जोड्दा म्याक्स वर्डवाड्ले २८ रन थपे । वासडि लिडेले २१ रन नटआउट थप्दा नेदरल्याण्डले ८ रन अतिरिक्तमा पायो ।

    नामिबियाका लागि ग्रिहार्ड इरामसले तीन विकेट लिए । यो जितसँगै नेदल्याण्डले २ खेलबाट २ अंक जोड्दै अंक तालिकाको तेस्रो स्थानमा रहँदा रनरेटका आधारमा नेपाल भने शीर्ष स्थानमा उक्लिएको छ । नेपालले २ खेलबाट समान २ अंक जोडपनि नामिबियालाई पछि पार्दै शीर्ष स्थानमा उक्लिएको हो ।

    यसअघि आर्यन दत्तले घातक बलिङ गर्दै ६ विकेट लिएपछि नामिबिया ३५.१ ओभरमा १ सय २३ रन बनाउँदै अलआउट हुन पुगेको थियो । दत्तले ९ ओभर बलिङ गर्दै ३४ रन खर्चेर ६ विकेट लिए ।

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend