Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

सुन्तलाको जुस बनाउदै पाणिनीका कृषक


८, फागुन २०८०
  • 239
    SHARES
  • सुन्तलाको जुस बनाउदै पाणिनीका कृषक

    अर्घाखाँची । गाउँघरमा पाहुनालाई पाहुरको रूपमा प्रयोग हुँदै आएको सुन्तला यतिबेला व्यावसायिक अभ्याससँगै आयआर्जनको मुख्य स्रोत बनेको छ । सुन्तलाको व्यावसायिक खेतीसँगै अर्घाखाँचीको पाणिनि गाउँपालिका वडा नम्बर २ पोखराथोकका किसानहरु सुन्तलाको जुस बनाउन सक्रिय भएका छन् ।

    सुन्तलालाई खेर जान नदिन, कृषकलाई आयआर्जनमा थप टेवा दिन र व्यावसायिकरूपमा सक्षम बनाउन किसानलाई जुस बनाउने तालिम दिइएको घरेलु तथा साना उद्योग कार्यालय अर्घाखाँचीका प्रमुख सन्तोष खनालले बताउनुभयो ।

    ‘वास्तवमा साना सुन्तला जुन बिक्री हुँदैनन्, ग्राहकले किन्न मन पराउँदैनन्, त्यस्ता साना सुन्तलाको जुस बनाउँदा राम्रो सदुपयोग हुने अनुभव गरियो । सोहीअनुसार कृषकसँग हाम्रो सहकार्य जारी छ ।’ खनालले भन्नुभयो ।

    केही वर्षअघि सडक सञ्जाल नहुँदा डोकोमा बोकेर बजारसम्म सुन्तला ल्याउने कृषक अहिले यातायातका साधन गाउँगाउँमा पुगेसँगै सुन्तला राखेर ढुवानी गरी देशका विभिन्न ठाउँमा पुर्‍याउन थालेका छन् । सबै ग्राहकका आँखा लाग्ने ठूला सुन्तला बिक्री वितरण भए पनि कम आँखा लाग्ने साना सुन्तलाबाट जुस बनाउने कामसमेत शुरु गरिएको छ ।

    पाणिनि गाउँपालिका वडा नम्बर १ र २ का अगुवा कृषकको भेला गराइ सुन्तलाबाट जुस निकाल्न तालिम दिन शुरु गरिएको र कृषकलाई नयाँ सीप, उपकरणसमेत हस्तान्तरण गरिरहेको घरेलु कार्यालयका प्रमुख खनालको भनाई छ ।

    अर्घाखाँचीमा पाणिनि गाउँपालिकामा सबैभन्दा बढी सुन्तला खेती हुँदै आएको छ । यहाँका किसानले वार्षिक १० करोड रुपैयाँको सुन्तला बिक्री वितरण गर्ने गरेका छन् । सुन्तलाको जुस बनाउन अगुवा कृषकलाई तालिम दिइएपछि किसानहरु हर्षित भएका छन् ।

    तालिमबाट सिकेको सीप गाउँमा एक कृषकबाट अन्य कृषकले पनि सिक्ने भएका कारण तालिमको आयोजना गरिएको घरेलु कार्यालय अर्घाखाँचीका अधिकृत लक्ष्मी प्रसाद दाहालले जानकारी गराउनुभयो ।

    तालिममा दुई वडाका २० जना अगुवा कृषकले पहिलोपटक जुस बनाउने तालिम सिक्न शुरु गरेको दाहालले बताउनुभयो । अब सुन्तलाको जुस बनाउने जुसन मेसिन अन्य पालिकामा उपलब्ध गराउने लक्ष्य लिइएको कार्यालयका प्रमुख खनालको भनाइ रहेको छ ।

    अर्घाखाँचीको सुन्तला विभिन्न जिल्ला, मेला र हाटबजारमा जाने गरेको र सुन्तला बिक्री वितरणबाट राम्रो आम्दानी हुने गरेको अगुवा कृषक प्रमोद गौतमले जानकारी दिनुभयो ।

    गौतमले सुन्तलाको जुस बनाएर सबैको हातमा जुस पुर्‍याउने अभियानमा लागेको बताउँदै यसले गाउँमा किसानहरुको मनोबल बढेकाले आयआर्जमा पनि वृद्धि हुने अपेक्षा रहेको बताउनुभयो ।

  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा

    कपिलवस्तु । हरितालिका तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा लागेको भीडभाडको मौका छोपेर दर्शनार्थी महिलाका सुनका

  • ३६५ परिवारले पाए वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा, धनुषामा लालपुर्जा वितरण अभियान तीव्र

    जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend