Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

बन्द भएको २० वर्षपछि पुनः खाद्य डिपो स्थापना भएपछि स्थानीय उत्साहित


९, फागुन २०८०
  • 297
    SHARES
  • बन्द भएको २० वर्षपछि पुनः खाद्य डिपो स्थापना भएपछि स्थानीय उत्साहित

    गुल्मी । गुल्मीमा बन्द भएको २० वर्षपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनीको शाखा स्थापना गरीएको छ ।गुल्मीका चार स्थानीय तहमा खाद्यको डिपो सञ्चालन गरिएको हो ।

    जिल्लाको रेसुङ्गा नगरपालिकाको हाटबजार, मदाने गाउँपालिकाको बाँझकटेरी, मालिका गाउँपालिकाको अर्खाबाङ र रुरुक्षेत्र गाउँपालिकाको बलेटक्सारमा खाद्य डिपो स्थापना भएर सञ्चालनमा आएका हुन् ।

    माघ १७ गते देखि औपचारिक रुपमा बिक्रि सुरुगरेको कम्पनीले चारवटा डिपो मार्फत मोटा,सावा र जिरा मसिनो गरी आठसय पचास क्विन्टल चामल बिक्रि भईसकेको छ ।

    बिक्रि कम्पनीले डिलरलाई २५ र जिल्ला कारागारलाइ ६० क्विन्टल बिक्रि गरीएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड गुल्मी शाखा प्रमुख पुष्पा पाण्डेयले जानकारी गराउनुभयो ।

    खाद्य सुरक्षाको सुनिश्चितता योगदान दिने, खाद्यान्नको अभावमा जीवन जोखिमको न्यूनीकरण गर्ने र महामारी तथा प्रकोपमा खाद्यान्न अभाव हुननदिने उद्देश्यले खाद्य डिपो स्थापना गरिएको शाखा प्रमुख पाण्डेयले जानकारी दिनुभयो ।

    चामलसहित दाल, नुन, तेल, चिनी लगायतका सबै खाद्य सामग्री सुपथ मूल्यमा बिक्री गर्ने लक्ष रहेको कम्पनीबाट अहिले तीन प्रकारका चामल सुपथ दरमा बिक्रि भइरहेको पाण्डेयले बताउनुभयो ।

    सावा,मोटा र जिरामसिनो चामल बिक्रि गरीरहेको डिपोले अन्य खाद्यान्न सामाग्रि छिट्टै उपलब्ध गराउने गरी काम अगाडि बढाइएको उहाँले जानकारी गराउनुभयो ।

    सरकारले खाद्यान्न निःशुल्क ढुवानी गर्ने भएकाले नागरिकले ७ प्रतिशतसम्म सहुलियतमा खाद्यान्न प्राप्त गरीरहेका छन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चाडपर्व लक्षित सुपथमुल्य पसल सञ्चालन गर्दै आइरहेको छ ।

    यसका साथै अन्य स्थानीय तहहरूबाट डिपो सञ्चालनका लागि माग आएमा कम्पनीसँग समन्वय गर्ने पाण्डेले बताउनुभयो । मूल्यमा स्थिरता, सहज आपूर्ति र बजारीकरणमा टेवा पुर्‍याउने कम्पनीको उद्देश्य रहेकाले खरिद बिक्रीको काम डिपोबाट हुनेछ ।

    बिस्तारै गाउँको रैथाने बाली खरिद गरेर बिक्री तथा प्रवर्द्धन पनि गर्ने आफूहरूको योजना रहेको उहाँले भन्नुभयो । नजिकको डिपोबाट एक जनाले एक क्विन्टलसम्म खाद्यान्न खरिद गर्न पाउने व्यवस्था छ ।

    गाउँको रैथाने बालीको खरिद तथा प्रवर्द्धन गर्ने गरी आफूहरूले योजना बनाएको र यहाँको उत्पादन निर्यात गर्ने गरी आफूहरू लागेको मालिका गाउँपालिका अध्यक्ष देबिराम अर्यालले बताउनुभयो । मालिकाले गत वर्षदेखिनै आलुको ब्रान्डिङ र बजारीकरण सुरु गरेको छ ।

    २०६० सालमा यस जिल्लाबाट शाखा कार्यालय र डिपो बन्द गरिएको थियो । शाखा कार्यालय बन्द भएको २० वर्षपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनीको शाखा स्थापना भएको हो ।

    हाल थप परिस्कृत सेवासहित शाखा कार्याल पुनःस्थापित भएको छ । बिक्रि केन्द्रबाट एकजनाले एक क्विन्टलसम्म खाद्यान्न खरीद गर्न सक्नेछन् ।

    जिल्लामा उत्पादित रैथाने बाली लगायतका कृषिजन्य बस्तुको बजारीकरणको सुनिश्चितताका लागि सबै डिपोहरूबाट व्यवस्थापन हुने गरी खाद्य व्यवस्था तथा व्यापार कम्पनीसँग सम्झौता गरी प्रक्रिया अगाडि बढाएको रेसुङ्गा नगरपालिका प्रमुख खिलध्वज पन्थीले बताउनुभयो ।

    घरदैलोमै डिपो खुलेर सस्तोमा खाद्यान्न पाएकोमा निकै खुसी लागेको मालिका गाउँपालिका ४ का भेषबहादुर केसीले बताउनुभयो ।

    आफ्ना उत्पादन समेत खाद्यले खरीद गर्ने भएपछि आफुहरु थप उत्साहित भएको उहाँको भनाइ छ । गाउँमा सस्तो मूल्यमा खाद्यान्न सामग्री पाइने भएपछि स्थानीय उत्साहित भएका छन् ।gulmi khadya.jpg

  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा

    कपिलवस्तु । हरितालिका तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा लागेको भीडभाडको मौका छोपेर दर्शनार्थी महिलाका सुनका

  • ३६५ परिवारले पाए वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा, धनुषामा लालपुर्जा वितरण अभियान तीव्र

    जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend