गुल्मी । गुल्मीको इस्मा गाउँपालिका -६ अमरपुर बस्ने एक युवा हराएको १४ दिनपछि मृत फेला परेका छन।इस्मा गाउँपालिका–६ अम्मरपुर बुल्मका २३ वर्षीय युवा टिका बहादुर कुमाल मृत फेला परेका हुन् । कुमाल गत माघ २५ गते बिहान देखि हराइरहेका थिए ।
इस्मा गाउँपालिका -६ साविक अम्मरपुर गाविस–२ मा अवस्थित मदन भण्डारी राजमार्गको तल भिरको रुखमा अड्किएको अवस्थामा उनी मृत फेला वडा अध्यक्ष ढाल बहादुर कुँवरले जानकारी दिनुभयो । खोजतलास गर्नेक्रममा अस्थायी प्रहरी पोष्ट धनार्जीले बुधबार बिहान करिब साढे नौं बजे कुमाललाई मृत अवस्थामा फेला पारेको थियो ।
परिवारजनले घटना शंस्कापद भएको बताएका छन् । कुमाल घरदेखि हराएको १४ औ दिनपछि मृत फेला परेका हुन् । मृतकका बुबा मोति बहादुर कुमालका अनुसार छोरा टीका बहादुर गत माघ २५ गते बिहान साढे सात बजे बसमा चढेका थिए ।
दिउँसो दुई बजेसम्म सम्पर्कमा आएका उनी त्यसपछि भने मोबाइल समेत अफ गरि सम्पर्क बिहिन भएका थिए ।यो घटना शंकास्पद छ यसको छानबिन गरि दोषीलाई कारवाही गरि हामीलाई न्याय दिनुपर्ने माग मृतकका बुवा मोति बहादुर कुमालले गरेका छन । त्यसपछि परिवारजनले फागुन एक गते प्रहरीमा खोजतलासका लागि निवेदक दिएका थिए ।
शवलाई पोष्टमार्टमका लागि गुल्मी अस्पताल ल्याइएको छ । घटनाबारे थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी निरीक्षक किरण सापकोटाको नेतृत्वमा प्रहरी परिचालन भएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डिएसपी) डिल्लीनारायण पाण्डेले जानकारी दिनुभयो ।