Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

ज्ञान प्रकाश माविमा शैक्षिक अन्तर्क्रिया कार्यक्रम सम्पन्न


११, फागुन २०८०
  • 335
    SHARES
  • ज्ञान प्रकाश माविमा शैक्षिक अन्तर्क्रिया कार्यक्रम सम्पन्न

    अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नं १२ स्थित ज्ञान प्रकाश माध्यमिक विद्यालयले Pre see र pre Ble -२०८० को नतिजा विश्लेषण सँगसँगै सिकाई उपलब्धि वृद्धिका लागि शैक्षिक अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ।

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष काशीराम बस्यालको अध्यक्षता, शिक्षा विकास तथा समन्वय इकाई प्रमुख मनिराम पराजुलीको प्रमुख आतिथ्यता रहेको कार्यक्रमको सञ्चालन विद्यालय शिक्षक चिरञ्जीवी भुसालले गर्नुभएको थियो।

    ९१ जना विद्यार्थी र ९० जना अभिभावकको उपस्थिति रहेको कार्यक्रममा विषयगत शिक्षकहरुबाट विद्यार्थीको अवस्था विश्लेषण गरिएको थियो।

    साथै विद्यालयका प्रधानाध्यापक सूर्य बहादुर खनालले विद्यालयको समग्र अवस्था,विद्यालयप्रति अभिभावकको दायित्व र विद्यार्थीको कर्तव्यका बारेमा जानकारी दिनुभएको थियो।

    शिक्षा विकास तथा समन्वय इकाई प्रमुख मनिराम पराजुलीले विद्यालयले हालसम्म गरेका कामको प्रशंसा गर्दै यस कार्यक्रमले थप इटा थप्न सहयोग गर्ने बताउनुभयो । अन्तर्क्रिया कार्यक्रममा सबैले आ-आफ्ना विचार प्रस्तुत गर्नुभएको थियो।

    Messenger_creation_516a9eed-aefd-467d-baa8-b0fa0e4ece87.jpg
    Messenger_creation_36bc57da-b5ed-444f-a2b8-aeef24dd6e5a.jpg

  • काठमाण्डौ विश्वविद्यालयको उपकुलपतिमा डा.बराल नियुक्त

    काठमाण्डौ - काठमाण्डौ विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्रा.डा विवेक बराल नियुक्त हुनुभएको छ । प्रधानमन्त्री तथा

  • विदेशी सम्बन्धनको आवरणमा अर्बौँको शिक्षा व्यापार: शुल्कदेखि नियमनसम्म १२ गम्भीर सार्वजनिक प्रश्न

    खोजमूलक विशेष रिपोर्ट काठमाडौँ । नेपालमा विदेशी विश्वविद्यालयसँग सम्बन्धन (Affiliation) लिएर सञ्चालन भएका निजी कलेजहरूको विस्तारसँगै

  • लोक सेवाको परीक्षा तालिका संशोधन, कुन कहिले ?

    काठमाडौं । लोक सेवा आयोगले परीक्षाको मिति र समय संशोधन गरेको छ । मधेशका केही जिल्लामा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend