Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

मिडिया साक्षरता कार्यक्रम रुकुम पुर्वमा सुरु


१२, फागुन २०८०
  • 164
    SHARES
  • मिडिया साक्षरता कार्यक्रम रुकुम पुर्वमा सुरु

    रुकुम पूर्व । मिडिया साक्षरता कार्यक्रम रुकुम पुर्व जिल्लाको रुकुमकोटमा शुक्रबारदेखि सुरु भएको छ । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिको आयोजना र लुम्बिनी प्रदेश गृह मन्त्रालयको सह्योगमा मिडिया साक्षरता कार्यक्रम आयोजना गरिएको हो ।

    कार्यक्रमको उद्घाटन गर्दै लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य सुरुल पुनले पत्रकार भनेको समाजको पहिलो अंग र ऐना भएको बताउनुभएको छ । पुनले देश संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको जिकिर गर्दै कार्यपालिका,न्यायपालिका,व्यवस्थापिका पछिको चौथो अंग पत्रकारिता भएकोले आँखाले जे देख्छ त्यहीँ लेख्नु पत्रकारिता क्षेत्रको मर्म भएको बताउनुभएको छ ।

    त्यस्तै जिल्ला समन्वय समिति रुकुम पुर्वका प्रमुख मेघ बहादुर श्रेष्ठले समाजमा भएको आम नागरिकले भोग्दै आएका समस्याहरुलाई उजागर गर्न आग्रह गर्दै पत्रकारिता भनेको यस्तो क्षेत्र हो,जसले बन्दुकको गोली भन्दा कलमले धेरै मानिसलाई प्रभावित पार्ने समेत बताउनुभएको छ ।

    कार्यक्रममा सिस्ने गाउँपालिकाका अध्यक्ष कृष्ण रेग्मीले पछिल्लो समयमा पक्षधर समाचार आइरहेकोले त्यसबाट सचेत रहेर निष्पक्ष कलम चलाउनुपर्ने बताउदै आफ्नो जिल्लामा पत्रकारिता गर्न सहज नभएको र भौगोलिक रूपमा अप्ठ्यारो भएको समेत बताउनुभएको छ। रुकुम पूर्वका निमित्त सहायक प्रमुख जिल्ला अधिकारी गोपाल श्रेष्ठले पत्रकारहरुले सत्यतथ्यमा आधारित भएर कलम चलाउनुपर्ने बताउदै आफ्नो कर्ममा निहित भएर काम गर्नुपर्ने बताउनुभएको छ।

    कार्यक्रममा रुकुम पुर्वका निमित्त सहायक प्रमुख जिल्ला अधिकारी गोपाल श्रेष्ठ,मिडिया साक्षरता कार्यक्रमका प्रमुख प्रशिक्षक जनार्दन घिमिरे,नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाका अध्यक्ष नवीन लोचन मगर,नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाका निवर्तमान अध्यक्ष तथा प्रेस सेन्टर लुम्बिनी प्रदेशका अध्यक्ष मानसिंह विश्वकर्मा,नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाका निवर्तमान अध्यक्ष महेश न्यौपाने,प्रेस सेन्टर रुकुम पुर्वका अध्यक्ष सर्जना कार्की,प्रेस युनियन रुकुम पुर्वका अध्यक्ष चेत कुमार विसी,प्रेस चौतारी रुकुम पुर्वका अध्यक्ष माधव केसी,प्रेस सेन्टर रोल्पाका अध्यक्ष देवी गुरुङ,प्रेस युनियन रोल्पाका अध्यक्ष लोकेन्द्र चन्द लगायतको आतिथ्यता रहेको थियो।

    नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाका अध्यक्ष नवीन लोचन मगरले पत्रकारिताको आचारसंहितामा रहेर काम गर्नुपर्ने बताउदै अहिले पछिल्लो समय जे पायो त्यहीँ भिडिओ राख्ने प्रवृत्ति हावी भएकोले सबै सजग हुनुपर्ने समेत बताउनुभएको छ ।

    नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिको आयोजना तथा लुम्बिनी प्रदेश गृह मन्त्रालयको सह्योगमा सुरु भएको मिडिया साक्षरता कार्यक्रम शुक्रबार र शनिबार गरी दुई दिनसम्म चल्ने आयोजकले जानकारी दिएको छ।लुम्बिनी प्रदेश भित्रका १२ जिल्लाका २/२ जिल्लालाई केन्द्रित गर्दै कार्यक्रम गर्दै आएको छ ।

    शुक्रबार देखि सुरु भएको कार्यक्रममा रुकुम पुर्व जिल्ला र रोल्पा जिल्लाका विभिन्न मिडियामा कार्यरत सञ्चारकर्मी पत्रकार र राष्ट्रिय मिडियामा आवद्ध पत्रकारहरुको सहभागिता रहेको छ । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिका अध्यक्ष वसन्त गिरीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महासचिव विक्रम खड्का र स्वागत मन्तव्य नेपाल पत्रकार महासंघ पुर्वी रुकुम जिल्ला शाखाका अध्यक्ष मैत्या घर्ती मगरले गर्नुभएको थियो।

  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा

    कपिलवस्तु । हरितालिका तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा लागेको भीडभाडको मौका छोपेर दर्शनार्थी महिलाका सुनका

  • ३६५ परिवारले पाए वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा, धनुषामा लालपुर्जा वितरण अभियान तीव्र

    जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend