Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

दुई दिने क्षमता विकास तालिम शुक्रवारदेखि सुरु


१२, फागुन २०८०
  • 162
    SHARES
  • दुई दिने क्षमता विकास तालिम शुक्रवारदेखि सुरु

    रुपन्देही । कञ्चन गाउँपालिका रुपन्देहीको आयोजनामा कञ्चनका जनप्रतिनिधि र कर्मचारीहरुका लागि दुई दिने क्षमता विकास सम्बन्धि तालिम शुक्रवारदेखि सुरु भएको छ ।

    बुद्धभूमि कन्सलटिङ्गको व्यवस्थापनमा भएको तालिम उदघाटनका अवसरमा बोल्दै कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालले तीनै तहका जनप्रतिनिधिहरुमा अध्ययनको कमीले धेरै समस्या आएको बताउँदै जनप्रतिनिधि र कर्मचारीहरुले आफूहरुले गर्ने कामहरुको बिषयमा अध्ययन गर्नैपर्ने बताउनुभयो ।

    उहाँले जनप्रतिनिधि र कर्मचारीहरुले आफ्नो बिषय क्षेत्रभित्र अध्ययन नगर्दा धेरै समस्या आएको बताउँदै यस किसिमका तालिमले समस्या सहजीकरणमा धेरै सहयोग पुग्ने विश्वास ब्यक्त गर्नुभयो ।

    क्षमता विकास तालिममा प्रशासनबीद काशीराज दाहालले प्रशिक्षण दिनुभएको छ । तालिममा जनप्रतिनिधी, कर्मचारी लगायत स्थानीय गरी ६० जनाको सहभागिता रहेको छ । शुक्रवारको तालिममा स्थानीय तहका काम, कर्तब्य र अधिकारका बिषयमा जनप्रतिनिधि, कर्मचारीहरुसंग सहजीकरण गरिएको हो ।

    कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष मौसमी थापा मगरले पनि बोल्नुभएको थियो भने प्रमुख प्रशासकीय अधिकृत सागर गौतमले कार्यक्रमको औचित्यको बिषयमा प्रकाश पार्नुभएको थियो । कार्यक्रमको संचालन सूचना अधिकारी गिरिराज अर्यालले गर्नुभएको थियो ।423455112_1612651926217308_4380126883580169057_n.jpg

  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा

    कपिलवस्तु । हरितालिका तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा लागेको भीडभाडको मौका छोपेर दर्शनार्थी महिलाका सुनका

  • ३६५ परिवारले पाए वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा, धनुषामा लालपुर्जा वितरण अभियान तीव्र

    जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend