Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

ब्यक्तिगत स्वार्थलाई त्यागेर देश र जनताका लागि सङ्घर्ष गर्नुपर्छ : नेता डा. कोइराला


१२, फागुन २०८०
  • 161
    SHARES
  • ब्यक्तिगत स्वार्थलाई त्यागेर देश र जनताका लागि सङ्घर्ष गर्नुपर्छ : नेता डा. कोइराला

    काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शशाङ्क कोइरालाले मुलुकको भविष्य नेपाली कांग्रेससँग जोडिएको बताउनुभएको छ ।

    कांग्रेस पूर्वमहामन्त्री डा. कोइरालाले महासमिति सदस्यको सम्मानमा आज यहाँ आयोजना गर्नुभएको चियापान तथा भेटघाट कार्यक्रममा मुलुकको भविष्य कांग्रेससँग भएकाले पार्टीलाई एकढिक्का बनाएर अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । 

    “महासमितिसँगै उत्साह र उमङ्ग बोकेर जिल्ला जाऔँ, आउँदो निर्वाचनमा कांग्रेसलाई सर्वश्रेष्ठ पार्टी बनाऔँ”, डा. कोइरालाले भन्नुभयो । कांग्रेस एकढिक्का भए यसलाई कुनै शक्तिले हराउन नसक्ने उहाँको भनाइ थियो ।सभापति शेरबहादुर देउवाले पार्टीभित्र सबैलाई मिलाएर अगाडि बढ्नुपर्ने उल्लेख गर्नुभयो । 

    “विपी कोइरालाले आफ्नो लागिभन्दा देश र जनताका लागि सङ्घर्ष गर्नुभएको थियो, उहाँको सङ्घर्षलाई कांग्रेसले भुल्नुहुँदैन”, उहाँले भन्नुभयो । जीवन सङ्घर्ष भएकाले सङ्घर्ष गर्न सिक्नुपर्ने नेता डा. कोइरालाको भनाइ थियो । 

    कांग्रेस सङ्खुवासभाका सभापति एवं सांसद दीपक खड्काले सबैलाई स्वागत गर्दै चियापानले पार्टीभित्र भावनात्मक सम्बन्ध र एकताको सन्देश दिएको बताउनुभयो । 

    कार्यक्रममा कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, महामन्त्री गगनकुमार थापा, पूर्वमहामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला, पूर्वउपसभापति गोपालमान श्रेष्ठलगायत पार्टीका केन्द्रीय तहका नेता, महासमिति सदस्य तथा कार्यकर्ताको सहभागिता थियो ।

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend