Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

रुकुम पूर्वमा मिडिया साक्षरता कार्यक्रम सम्पन्न


१२, फागुन २०८०
  • 179
    SHARES
  • रुकुम पूर्वमा मिडिया साक्षरता कार्यक्रम सम्पन्न

    रुकुम पूर्व । मिडिया साक्षरता कार्यक्रम रुकुम पूर्व जिल्लाको रुकुमकोट मनज्ञ्या होटलको सभाहलमा शनिबार सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिको आयोजना र लुम्बिनी प्रदेश गृह मन्त्रालयको सह्योगमा मिडिया साक्षरता कार्यक्रम आयोजना गरिएको हो । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिका अध्यक्ष वसन्त गिरीको अध्यक्षतामा भएको मिडिया साक्षरता कार्यक्रम समाप्न समारोहको प्रमुख अतिथिमा वरिष्ठ पत्रकार तथा प्रशिक्षक जनार्दन घिमिरे रहनु भएको थियो।

    नेपाल पत्रकार महासंघ जिल्ला शाखा रुकुम पूर्वका अध्यक्ष मैत्या घर्ती मगर,नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाका अध्यक्ष नवीन लोचन मगर,लुम्बिनी प्रदेशका अध्यक्ष तथा नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाका निवर्तमान अध्यक्ष मानसिङ विश्वकर्मा,नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाका निवर्तमान अध्यक्ष महेश न्यौपाने,प्रेस सेन्टर रुकुम पूर्वका अध्यक्ष सर्जना कार्की,प्रेस युनियन रुकुम पूर्वका अध्यक्ष चेत कुमार विसी,प्रेस चौतारी रुकुम पूर्वका अध्यक्ष माधव केसी,प्रेस सेन्टर रोल्पाका अध्यक्ष देवी गुरुङ,प्रेस युनियन रोल्पाका अध्यक्ष लोकेन्द्र चन्द लगायतको आतिथ्यता रहेको थियो।

    प्रेस सेन्टर लुम्बिनी प्रदेशका अध्यक्ष तथा नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाका निवर्तमान अध्यक्ष मानसिङ विश्वकर्माले रुपन्देही,बुटवल,बाँके,दाङ जिल्ला जस्तो सजिलो रोल्पा रुकुम जिल्लामा सजिलो नभएको बताउदै लामो समयको संघर्षबाट लुम्बिनी प्रदेशको एक मात्र हिमाली जिल्ला रुकुम पूर्वको नेपाल पत्रकार महासंघ रुकुम पूर्व स्थाप्ना गर्न सफल भएको र रुकुम पूर्व जिल्ला नेपालको कान्छो जिल्ला भएको जिकिर गर्दै छिट्टै जग्गाको व्यवस्था गरी नेपाल पत्रकार महासंघ जिल्ला शाखा रुकुम पूर्वको भवन स्थाप्ना गर्न पहल गर्ने बताउनु भएको छ।

    नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाका निवर्तमान अध्यक्ष महेश न्यौपानेले यदि निरन्तर मेहनत गर्ने हो भने पत्रकारिता क्षेत्रमा दुई बर्षमै फड्को मार्ने जिकिर गर्दै,अहिले सिक्दै गरेका पत्रकार भोलिको क्षमतावान पत्रकार बन्न सक्ने समेत बताउनु भएको छ । रोल्पा जिल्लाबाट सहभागी भएका पत्रकार घनश्याम केसीले तालिम निकै प्रभावकारी र सिक्न लायक भएको बताउदै नौलो ठाउँमा आएर यहाँका मिडियाकर्मी र पत्रकारहरुसँग प्रत्येक्ष भेटघाट हुने र नजिकबाट चिन्ने अवसर मिलाएर बताउनु भएको छ।

    रुकुम पूर्व जिल्लाबाट सहभागी पत्रकार उर्मिला गौतमले पहिलो पटक रोल्पा र रुकुम पूर्व जिल्लाका पत्रकारहरुसँग एक अर्का सँग चिन्ने र अनुभव सुनाउने अवसर मिलाएको बताउदै आयोजक नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समिति र लुम्बिनी प्रदेश गृह मन्त्रालयलाई धन्यवाद व्यक्त गर्नु भएको छ।नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिको आयोजना तथा लुम्बिनी प्रदेश गृह मन्त्रालयको सह्योगमा सुरु भएको मिडिया साक्षरता कार्यक्रम शुक्रबार र शनिबार गरी दुई दिनसम्म चलेको आयोजकले जानकारी दिएको छ।

    लुम्बिनी प्रदेश भित्रका १२ जिल्लाका २/२ जिल्लालाई केन्द्रित गर्दै कार्यक्रम गर्दै आएको छ । रुकुम पूर्वको रुकुमकोटमा भएको मिडिया साक्षरता कार्यक्रम पाँचौ भएको नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिले जानकारी गराएको छ । शुक्रबार देखि सुरु भएको कार्यक्रममा रुकुम पुर्व जिल्ला र रोल्पा जिल्लाका विभिन्न मिडियामा कार्यरत सञ्चारकर्मी पत्रकार र राष्ट्रिय मिडियामा आवद्ध करिब ४१ जना पत्रकारहरुको सहभागिता रहेको थियो। रुकुम पूर्व जिल्ला लुम्बिनी प्रदेशको एक मात्र हिमाली जिल्ला हो भने रुकुम पुर्व जिल्ला गाउँपालिका मात्र भएको जिल्ला पनि हो भने रोल्पा जिल्ला लुम्बिनी प्रदेशको पहाडी जिल्ला रहेको छ । 

    नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिले १२ जिल्लाका सञ्चारकर्मी र पत्रकारहरुलाई एकै ठाउँमा केन्द्रित गरेर कार्यक्रम गर्दा भौगोलिक हिसाबले टाढा हुने र मिडियामा कम जनशक्ति भएकोले त्यसलाई मध्यनजर गरी दुई जिल्लालाई समावेश गरी कार्यक्रम आयोजना गरिएको थियो।मिडिया साक्षरता कार्यक्रम समाप्न समारोह कार्यक्रमको सञ्चालन नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिका महासचिव विक्रम खड्काले गर्नुभएको थियो।

  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा

    कपिलवस्तु । हरितालिका तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा लागेको भीडभाडको मौका छोपेर दर्शनार्थी महिलाका सुनका

  • ३६५ परिवारले पाए वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा, धनुषामा लालपुर्जा वितरण अभियान तीव्र

    जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend