Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

नौमुरे परियोजनाको काम धमाधम


१३, फागुन २०८०
  • 109
    SHARES
  • नौमुरे परियोजनाको काम धमाधम

    बिजुवार । प्युठान र अर्घाखाँचीको साँध नौमुरेमा निर्माण हुन थालेको २८१ मेगावाट क्षमताको नौमुरे परियोजनाको काम अगाडि बढेको छ ।

    आयोजनाको विस्तृत अध्ययन र यसको वातावरणीय प्रभाव मूल्याङ्कनको काम सकिएपछि प्रारम्भिक चरणका पूर्वाधार निर्माणमा परियोजना प्रवेश गरेको हो । सरकारले चालु आर्थिक वर्षमा विनियोजन गरेको छ करोड ४३ लाख रुपियाँबाट काम भइरहेको छ ।

    आयोजनाका सूचना अधिकारी कृष्णप्रसाद गौतमले आयोजना क्षेत्रमा पूर्वाधार निर्माणको तयारी थालिएको जानकारी दिनुभयो ।

    उहाँले भन्नुभयो, “अहिले आयोजना स्थल पुग्ने पहुँच मार्ग, पुल, क्याम्प र कार्यालयलगायतका पूर्वाधार निर्माणको कार्य तीन वर्षभित्रै सक्ने लक्ष्य अनुसार काम भइरहेको छ ।” पूर्वतयारीका सबै काम सकिएपछि मुख्य संरचना निर्माणको काम हुने सूचना अधिकारी गौतमले बताउनुभयो ।

    अहिलेसम्म लामाताल जलाशयको रिभर ट्रेनिङ वर्कको डिजाइन बनाउने, आयोजना क्षेत्रको जग्गा अधिग्रहण, जलाधार क्षेत्र संरक्षण, जलाशयको परिधि छुट्याउने कार्य, शीतखोला पुलको डिजाइन तयार पार्ने कार्य सकिएको छ ।

    यो वर्ष नौमुरे मुख्य जलाशयको माडी खोला र झिमरुक खोला दुवैतर्फ परिधि छुट्याउने कार्य, दर्भान-झिलिवाङ पहुँचमार्ग स्तरोन्नति र झिलिवाङ–नौमुरे बाँधस्थल पहुचमार्ग सुधार र निर्माण कार्य भइरहेको छ । 

    प्रारम्भिक प्रतिवेदन अनुसार निकै सस्तो र बहुउपयोगी परियोजनाका रूपमा हेरिएको नौमुरे आयोजनामा अहिलेसम्म नेपाल सरकारले नै लगानी गरिरहेको छ ।

    सरुमारानी गाउँपालिकाका अध्यक्ष झगबहादुर विश्वकर्माले नौमुरे परियोजना क्षेत्रका स्थानीयले निर्माणमा भएको ढिलाइका कारण परियोजना बन्दैन कि भनेर चिन्ता गर्न थालेको बताउनुभयो ।

    यस आयोजना अन्तर्गत नौमुरे जलविद्युत् आयोजना २१८.३४ मेगावाट, लामाताल जलविद्युत् आयोजना आठ मेगावाट, सुराई नाका जलविद्युत् आयोजना ५४.७ मेगावाट गरी तीन वटा जलविद्युत् आयोजना निर्माण हुने छ । तीन वटै आयोजना जलाशययुक्त हुने छन् ।

    यी आयोजनाहरू सम्पन्न हुँदा यसबाट दाङ, कपिलवस्तु र बाँकेको गरी कुल ८० हजार हेक्टर जमिनमा वर्षभरि नै  सिँचाइको सुविधा पुग्ने छ । नौमुरेमा १६० मिटर उचाइको बाँध बाँधेर विद्युत् उत्पादन गर्ने लक्ष्य छ ।

    सम्भाव्यता अध्ययन अनुसार सात वर्षमा निर्माण गर्न सकिने नौमुरे परियोजनाका लागि एक खर्ब २६ अर्ब रुपियाँ लाग्ने अनुमान गरिएको छ । कुल तीन हजार ४१४ वर्ग किलोमिटर क्षेत्र आयोजनाले प्रभावित हुने छ ।

  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा

    कपिलवस्तु । हरितालिका तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा लागेको भीडभाडको मौका छोपेर दर्शनार्थी महिलाका सुनका

  • ३६५ परिवारले पाए वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा, धनुषामा लालपुर्जा वितरण अभियान तीव्र

    जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend