Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

टी– २० सिरिज : राष्ट्रिय क्रिकेट टोली घोषणा


१४, फागुन २०८०
  • 147
    SHARES
  • टी– २० सिरिज : राष्ट्रिय क्रिकेट टोली घोषणा

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले त्रिकोणात्मक टी– २० सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली घोषणा गरेको छ ।

    रोहित कुमार पौडेलको कप्तानीमा आइतवार १८ सदस्यीय टोली घोषणा गरिएको हो । आइतबार घोषित टिममा विश्वकप लिग–२ खेलेको टोलीबाट ४ खेलाडी थप्दै टोली घोषणा गरिएको हो ।

    नेपाल ‘ए’का कप्तान विनोद भण्डारीसहित सन्दीप जोरा, विवेक यादव, प्रतिश जीसी, रासिद खान र सागर ढकाल गरी ६ खेलाडी टोलीमा समावेश भएका छन् । नेपाल ‘ए’ले हालै क्यानडासँग सिरिज खेलेको थियो । ३ मध्ये १ खेल जितेको थियो ।

    यस्तै पीएम कपमा चोट बोकेका अभिनाश बोहोरा टोलीमा फर्केका छन् । तर लिग– २ खेलेको टोलीमा रहेका देव खनाल, भीम सार्की, सूर्य तामाङ र पवन सर्राफ भने बाहिरिएका छन् ।

    नेदरल्यान्ड्स र नामिबियासम्मिलित टी–२० सिरिज मंगलवारदेखि त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा शुरू हुँदै छ ।नेपालले टी–२० सिरिजको पहिलो खेल मंगलवार नै नामिबियासँग खेल्नेछ ।

    नेपालको टोली :

    रोहित पौडेल (कप्तान), आसिफ शेख, आरिफ शेख, अनिल शाह, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, करण केसी, गुल्सन झा, ललित राजवंशी, सोमपाल कामी, सन्दीप जोरा, प्रतिश जीसी, विनोद भण्डारी, विवेक यादव, रसिद खान, सागर ढकाल र अभिनाश बोहरा

     

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend