Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

रोहितसहित ६ क्रिकेटरको तलब पुग्यो मासिक एक लाख, अन्य कसको कति ?


१४, फागुन २०८०
  • 161
    SHARES
  • रोहितसहित ६ क्रिकेटरको तलब पुग्यो मासिक एक लाख, अन्य कसको कति ?

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले पुरुष र महिला क्रिकेट खेलाडीको सेन्टर कन्ट्र्याक्ट सार्वजनिक गरेको छ । क्यानको बैठकले पुरुषतर्फ ३० जना खेलाडीलाई सेन्टर कन्ट्र्याक्टमा समेटेको छ भने महिलातर्फ १९ जना छन् ।

    क्यानका अनुसार कप्तान रोहित पौडेल, फास्ट बलरद्वय सोमपाल कामी र करण केसी, अलराउन्डर दिपेन्द्रसिंह ऐरी र दुवै ओपनर आसिफ शेख तथा कुशल भुर्तेल ग्रेड ए मा अटाएका छन् ।

    यस्तै ग्रेड बी मा कुशल मल्ल, गुल्सन झा, भीम सार्की, ललितनारायण राजवंशी, आरिफ शेख र अभिनाश बोहोरा परेका छन् भने ग्रेड सी मा अर्जुन साउद, प्रतिश जीसी, सन्दीप जोरा र विनोद भण्डारी परेका छन् ।

    यस्तै ग्रेड डी मा पवन सर्राफ, सागर ढकाल, अनिल साह, विवेक यादव, आकाश चन्द, बसिर अहमद र सूर्य तामाङ छन् । यी क्याटागोरीमा पर्न नसकेको हरेक प्रदेशबाट एक एक जना खेलाडीलाई इमर्जिङ क्याटागोरीमा समेटिएको छ ।

    पुरुषतर्फ ग्रेड ए ले मासिक एक लाख, ग्रेड बी ले मासिक ७० हजार, ग्रेड सी ले मासिक ५५ हजार ग्रेड डी ले मासिक ३५ हजार र इमर्जिङले मासिक २५ हजार तलब पाउनेछन् ।

    महिलातर्फ ग्रेड ए ले ५० हजार, ग्रेड बी ले मासिक ३५ हजार, ग्रेड सी ले मासिक ३० हजार , ग्रेड डी ले मासिक २५ हजार र इमर्जिङले मासिक २० हजार तलब पाउनेछन् ।

    यस्तै महिलातर्फ इन्दु बर्मा, रुबिना क्षेत्री र सिता रानामगर ग्रेड ए मा छन् भने ग्रेड बी मा कविता कुँवर मात्र छिन् । पुजा महतो र अस्मिना कर्मचार्य ग्रेड सी मा छन् भने अप्सरी बेगम, कविता जोशी, संगिता राई, काजोल श्रेष्ठ र विन्दु रावल ग्रेड डीमा छन् । 

    इमर्जिङ क्याटागोरीमा सोनी पाख्रिन, खुसि डंगोल, ज्योत्सनिका मरासिनी, कन्चन श्रेष्ठ, रुबि पोदार, सृस्टि जैसी, सम्झना कुमारी खड्का, सना प्रविन समेटिएका छन् ।

    क्यानले खेलाडी सम्झौतामा यस पटक थप गरेको छ । पुरुषतर्फ १८ जना सम्झौतामा रहेकोमा अहिले बढाएर ३० पुर्‍याएको छ । भने महिलातर्फ १२ जना रहेकोमा त्यसलाई बढाएर १९ पुर्‍याएको छ ।

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend