Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

लिग-२ मा भएका गल्तीहरूलाई सच्याएर टी-२० मा राम्रो खेल्नेछौँ : कप्तान रोहित


१५, फागुन २०८०
  • 155
    SHARES
  • लिग-२ मा भएका गल्तीहरूलाई सच्याएर टी-२० मा राम्रो खेल्नेछौँ : कप्तान रोहित

    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले हालै भएको लिग-२ को खेलमा टिमले सोचेजस्तो प्रदर्शन गर्न नसकेको प्रष्ट पारेका छन् ।

    क्यानको आयोजनामा नेपाल,नामिबिया र नेदरल्याण्डस् बीच आजबाट सुरु हुन लागेको टी-२० त्रिकोणात्मक सिरिजको पूर्वसन्ध्यामा क्यानले सार्वजनिक गरेको एक भिडियो सन्देशमा पौडेलले लिग-२ मा भएका गल्तीलाई सच्याएर टी-२० मा राम्रो गर्ने विश्वास लिएका छन् ।

    ‘ओडीआइमा जेजस्ता गल्तीहरू भए, त्यसलाई सच्याएर टी-२० मा राम्रो क्रिकेट खेल्नेछौँ । एउटा टीमको रूपमा हाम्रो विश्वास र भरोसा अहिले पनि कायम छ । टीमको वातावरण पनि सकारात्मक रहेको छ ।

    यसलाई लिएर म एकदम खुशी छु ।’उनले भनेका छन् । हारका बाबजुद टिमका सबै जना सकारात्मक रहेको उनको भनाइ छ । फ्यानहरू निराश भए पनि खेलको सुन्दरता नै जित र हार रहेको पौडेलले बताएका छन् ।

    ‘खेलमा जित र हार भइरहेको हुन्छ । मलाई फिल हुन्छ कि खेलको सुन्दरता नै यही हो । हार स्वीकार गर्न पनि ठूलो हिम्मत चाहिन्छ । खेलाडीका रूपमा हामीले यो कुराहरू सिकेका छौँ ।

    जित्दा मात्र रमाउने होइन हामीले असफलतालाई पनि स्वीकार्न सक्नुपर्छ । पौडेलले दर्शकको निरन्तर समर्थनका लागि आभार प्रकट गरेका छन् । कुनै पनि एसोसिएट्स राष्ट्रमा नेपालमाजस्तो समर्थन नपाइने उनी बताउँछन् ।

    ‘तपाईँहरूले आएर समर्थन गर्नुभएकोमा मलगायत सिंगो टीमका तर्फबाट हार्दिक धन्यवाद । आउँदो खेलमा हामी सबैले आफ्नो पूरा प्रयास लगाउनेछौँ । आफ्नो देश र फ्यानका लागि खेल्नेछौँ । सबैलाई गौरवान्वित गराउनेछौँ ।’

    प्रशिक्षक देसाईँले सबैभन्दा ठूलो कुरा भरोसा भएको बताएका छन् । बाहिरको हल्लाबाट खेलाडीहरू टाढा बस्नुपर्ने उनको सुझाव छ । आईसीसी विश्व लिग-२ मा नेपालले नामिबिया र नेदरल्याण्डस सँग प्रतिस्पर्धा गरेको थियो । जसमा नेदरल्याण्डससँग एक खेलमा जित निकाल्दा अरु सबै तीन खेल हारेको थियो ।

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend