काठमाडौं । ह्वाराङ वारियर्स आइटिएफ खुला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा सहभागी हुन चार खेलाडीसहित पाँच सदस्यीय नेपाली टोली बुधबार मलेसियाको क्वालालम्पुर प्रस्थान गरेको छ ।
फेब्रुअरी २९ देखि मार्च ४ तारिखसम्म हुने प्रतियोगितामा नेपालबाट तीन पुरुष र एक महिला खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।
पुरुषको ५२ केजीमुनिमा वीरेन्द्र कुँवर,६२ केजीमुनिमा कैलाश अर्याल र ७५ केजीमुनिमा देवेन्द्र सुनारले प्रतिस्पर्धा गर्नेछन् । महिला ५२ केजीमुनिमा सजिना तामाङ खेल्ने छिन् ।
टोलीको प्रशिक्षकमा विक्रम बाँठामगर छन् । टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले बुधबार बिदाइ गरेको टोलीको प्रशिक्षक विक्रम बाँठामगरले जानकारी दिनुभएको छ ।