Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

हरिकृष्ण कार्कीको संसदीय सुनुवाइ जेठ ३२ गते गर्ने


२९, जेठ २०८०
  • 184
    SHARES
  • हरिकृष्ण कार्कीको संसदीय सुनुवाइ जेठ ३२ गते गर्ने

    काठमाण्डाैँ । संघीय संसदको संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा प्रस्तावित हरिकृष्ण कार्कीको संसदीय सुनुवाइ जेठ ३२ गते गर्ने निर्णय गरेको छ । 

    सिंहदरबारमा सोमबार बसेको समिति बैठकले जेठ ३१ गते उजुरी कर्ताहरुसंग छलफल गरि ३२ गते कार्कीको संसदीय सुनुवाइ गर्ने निर्णय गरेको हो । बैठकमा कार्की माथि परेका २९ वटा उजुरीहरु अध्ययनका लागि समिति सदस्यहरुलाई उपलव्ध गराइएको छ । कार्की विरुद्ध न्याय सम्पादनका बिषयमा उजुरी परेको छ भने पदीय आचरण बिपरितका कार्य गरेको लगाएतका उजुरीहरु समितिमा परेका छन् । 

    बैठकमा समिति सदस्यहरुले प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाईलाई थप लम्वाउन नहुनेमा जोड दिएका थिए । समिति सदस्य महेश बर्तौलाले एउटै मान्छेले चर्चामा आउन व्यक्तिको चरित्र हत्या गर्नका लागि उजुरी प्राप्त भएको हुनसक्ने भएकाले सजक हुनुपर्ने बताए । उनले उजुरीको प्रमाणका आधारमा अध्ययन गर्नुपर्ने उल्लेख गरे ।

    त्यस्तै समिति सदस्य ज्ञानेन्द्र बहादुर कार्कीले उजुरीका लागि उजुरी गर्ने संस्कारको बिकास भएकाले २९ वटा उजुरीलाई गहन ढंगले अध्ययन गर्नुपर्ने बताए । उनले उजुरी कर्तासंगको छलफल एक दिनमा नै सम्पन्न गर्दै छिटो मुलुकलाई प्रधानन्यायधीश उपलव्ध गराउनु पर्ने धारणा राखे ।

    संवैधानिक परिषद्को वैशाख २५ गतेको बैठकले कार्कीलाई सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको थियो । सुनुवाई समितिले कार्कीको नाम अनुमोदन गरे राष्ट्रपतिबाट नियुक्ति गर्ने बाटो खुल्नेछ । 

  • बाढीपछिको पुनःनिर्माणमा जापानको सहयोग रहने प्रतिबद्धता, प्रधानमन्त्री शाह र राजदूत तोरुबीच भेट

    काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र नेपालका लागि जापानका राजदूत मेइदा तोरुबीच शिष्टाचार भेटवार्ता भएको

  • सेयर बजारमा व्यक्तिगत लगानीकर्तालाई ठूलो राहत, पुँजीगत लाभकर आधा घट्यो

    काठमाडौं । सरकारले सेयर बजारमा व्यक्तिगत लगानीकर्ताले सेयर बिक्रीबाट प्राप्त गर्ने नाफामा लाग्ने अग्रिम पुँजीगत

  • लुम्बिनीका नवनियुक्त प्रमुख सचिव कुँवरद्वारा जिम्मेवारी ग्रहण, शासकीय सुधार र सहकार्यमा जोड

    देउखुरी । लुम्बिनी प्रदेशका नवनियुक्त प्रमुख सचिव विनोदबहादुर कुँवरले बुधबार आफ्नो जिम्मेवारी सम्हालेका छन्। नेपाल

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend