बुटवल । महाशिवरात्री पर्वकाे अवसर पारेर बुटवलकाे सिद्धबाबा धाम परिसरमा सरसफाइ गरिएकाे छ ।
शनिबार बुटवल लेडी जेसिज वर्ष २४ काे आयाेजनामा आउँदै गरेकाे महाशिवरात्रीलाई मध्यनजर गर्दै सिद्धबाबा धाम परिसरमा सरसफाइ गरिएकाे हाे ।
कार्यक्रममा बाेल्दै सिद्धबाबा धाम विकास समितिका अध्यक्ष नारायण प्रसाद आचार्यले बुटवल लेडी जेसिजले सामाजिक उत्तरदायित्वअन्तर्गत धार्मिक क्षेत्र राेजेकाेमा खुसी व्यक्त गर्दै अन्य यस्तै सामाजिक कामहरू गर्न आग्रह गरे ।
कार्यक्रममा पूर्व अध्यक्ष जेसी ज्ञानधरा पन्थले वातावरण सफा र स्वच्छ भएमा मात्रै हामीले सबै काम गर्न सकिने भन्दै सिद्धबाबा धाम परिसरकाे सरसफाइले राम्रो सन्देश दिएकाे बताइन् । नेपाली सेना गरूण दल गणकाे सहभागितामा मन्दिर परिसरमा रहेका फाेहर संकलन गरिएको थियाे ।
नेपाली सेना गरूण दल गण रामनगर ब्यारेककम सेकेन्ड लेफिनेन्ट कृष्णबहादुर चन्द , बुटवल लेडी जेसिज वर्ष २३ का अध्यक्ष कमला लम्साल , सल्लाहकारहरू सिनेटर राधिका पाेखरेल , जेसी कल्पना पाण्डे र वर्ष २४ का पदाधिकारीहरूकाे सहभागिता रहेकाे थियोे ।
कार्यक्रमकाे समापन गर्दै वर्ष २४ का अध्यक्ष संगीता ढकालले अमूल्य सहयाेग गरेकाेमा सबैलाई धन्यवाद व्यक्त गर्दै जेसिजकाे सामाजिक तथा धार्मिक उत्तरदायित्वअन्तर्गत मन्दिर परिसर सरसफाइ गरिएको बताइन् ।
बुटवल लेडी जेसिजले जेसीजका चारवटा क्षेत्रअन्तर्गत सामुदायिक क्षेत्रमा रहेर समाजमा प्रभाव हुने काम गरेकाे अध्यक्ष ढकालकाे भनाइ छ ।
महासचिव रूपा श्रेष्ठले सञ्चालन गरेकाे कार्यक्रममा जेसी कृति पाण्डेले जेसिजकाे भिजन र मिसन प्रस्तुत गरेकी थिइन् भने अपूर्वा खनालले जेसिजकाे आस्था वाचन गरेकी थिइन् । कार्यक्रममा कार्यकारिणी उपाध्यक्ष सपना ज्ञवाली गैह्रेकाे स्वागत रहेको थियाे ।