Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

नगर प्रमुख पन्थीद्धारा वडा कार्यालय भवन निर्माणको शिलान्यास


२०, फागुन २०८०
  • 229
    SHARES
  • नगर प्रमुख पन्थीद्धारा वडा कार्यालय भवन निर्माणको शिलान्यास

    गुल्मी । आधारभूत स्वास्थ्य सेवा केन्द्रको भवनबाट सेवा प्रवाह गर्दै आइरहेको रेसुंगा नगरपालिका-३ भाडगाउँको वडा कार्यालयको भवन निर्माण कार्य सुरु भएको छ।

    वडा कार्यालयको भवन निर्माणका लागि शनिवार गुल्मीको रेसुङ्गा नगरपालिका–३ भाडगाउँमा नगर प्रमुख खिलध्वज पन्थीले एक कार्यक्रमका बीच शिलान्यास गर्नुभएको हो।

    भवन शिलान्यास कार्यक्रममा बोल्दै रेसुङ्गा नगरपालिकाका नगरप्रमुख शिलान्यास गर्दै खिलध्वज पन्थीले नगरपालिका सधैँ नागरिकको पक्षमा रहेर काम गरिरहेको र अबका दिनमा पनि गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो।

    उहाँले नागरिकको हित विपरीत नगरपालिकाले कुनै पनि कार्यक्रम नगरेको बताउदै नगर प्रमुख पन्थीले निर्माण व्यवसायीलाई गुणस्तरीय सहित समयमै कार्यालय भवन निर्माण गर्न आग्रह गर्नुभएको थियो।

    नगरप्रमुख पन्थीले वडा कार्यालय निर्माणका लागि निःशुल्क जग्गा प्रदान गर्नुहुने समाजसेवी जग्गादाता डिलाराम मरासिनीलाई बधाईसहित धन्यवाद व्यक्त गर्नुभयो । नयाँ भवन निर्माण सम्पन्न भएसँगै सम्पूर्ण वडावासीले सहज एवं सुलभ रूपमा सेवा लिन पाउने विश्वास वडा अध्यक्ष बाबुराम खत्रीले व्यक्त गर्नुभयो । 

    वडा कार्यालय भवन निर्माणका लागि स्थानीय समाजसेवी मरासिनीले एक रोपनीभन्दा बढी जग्गा निशुल्क प्रदान गर्नुभएको छ वडा अध्यक्ष खत्रीले बताउनुभयो । असार १५ गतेभित्र भित्र कार्य सम्पन्न गर्नेगरी जोग्मा विल्डर्ससँग सम्झौता भएको भवनको निर्माण लागत एक करोड २० लाख रहेको नगर उपप्रमुख अमृतादेवी कुँवरले बताउनुभयो ।

    अपाङ्गमैत्री भवन निर्माण हुने भएको छ । १ हजार २ सय ७० स्क्वायर फिटमा भवन निर्माण हुन लागेको र पछि सभाहल समेत थप्न सकिने रेसुङ्गा नगरपालिकाका इन्जिनियर कृष्ण कोइरालाले बताउनुभयो।

    सिलान्यास कार्यक्रममा उपप्रमुख अमृतादेवी कुँवर, नेपाली कांग्रेस गुल्मीका सहसचिव धर्मराज पाण्डे, वडा सदस्य तथा कार्यपालिका सदस्य र स्थानीय राजनीतिक दलका प्रतिनिधिको सहभागिता रहेको थियो ।WhatsApp Image 2024-03-03 at 11.25.00_255c63ae.jpg

     

  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा

    कपिलवस्तु । हरितालिका तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा लागेको भीडभाडको मौका छोपेर दर्शनार्थी महिलाका सुनका

  • ३६५ परिवारले पाए वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा, धनुषामा लालपुर्जा वितरण अभियान तीव्र

    जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend