Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

त्रिकोणात्मक सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा


२०, फागुन २०८०
  • 155
    SHARES
  • त्रिकोणात्मक सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा
    काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले हङकङमा आयोजना हुने त्रिकोणात्मक टि–ट्वान्टी शृङ्खलाका लागि आज नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ ।
     
    क्यानले आज रोहितकुमार पौडेलको कप्तानीमा आकाश चन्द, विनोद भण्डारी, लोकस बम र रसिद खानलाई समेट्दै १४ सदस्यीय टोलीको घोषणा गरेको हो । त्यस्तै छनोट हुने अन्य खेलाडीमा कुशल भुर्तेल, गुल्शन झा, सागर ढकाल, प्रतिश जिसी, सन्दीप जोरा, आरिफ शेख, विवेक यादव, करण केसी र अभिनाश बोहरा छन् ।
     
    नेदरन्यान्ड्स र नामिबियाविरुद्ध खेलेका ओपनर आसिफ शेख, सोमपाल कामी, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललितनारायण राजवंशी र अनिलकुमार शाह भने टोलीमा समावेश छैनन् । क्यानका अनुसार उक्त शृङ्खलामा हङकङसहित नेपाल र पपुवा न्यूगिनीले सहभागिता जनाउने छन् । 
     
    यही फागुन २६ गते नेपाल र हङकङले फ्रेन्डसिप कपको नाममा एक ट्वान्टी खेल खेल्ने क्यानले जनाएको छ । त्यस्तै क्यानका अनुसार फागुन २७ गते नेपालले हङकङसँग खेल्नेछ भने २९ गते पपुवा न्यूगिनीसँग खेल्नेछ । त्रिकोणात्मक सिरिजको फाइनल खेल भने फागुन ३० गते हुने तालिका छ । 

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend