Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

शान्ति मा.वि को हिरक महोत्सव अन्तरक्रिया बुटवलमा सम्पन्न


२०, फागुन २०८०
  • 213
    SHARES
  • शान्ति मा.वि को हिरक महोत्सव अन्तरक्रिया बुटवलमा सम्पन्न

    बुटवल । अर्घाखाँचीको मालारानी गाउँपालिका ५ बागीको शान्ति मा.वि हिरक महोत्सवको पुर्व सन्ध्यामा शान्ति मा.बि.मा पढेका र बागीबाट बुटवल आई बसोबास गरेका सबै सरोकारवालाहरु बिचको अन्तरक्रिया कार्यक्रम शनिबार नवीन औद्योगिक मा.वि बुटवलमा सम्पन्न भएको छ ।

    प्रदेश सभा निवर्तमान सदस्य निर्मला क्षेत्रीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको उदेश्यबारे प्र.अ मान बहादुर पाण्डेले प्रकाश पार्नुभएको थियो ।

    कार्यक्रममा सम्पर्क समाजका अध्यक्ष बाबुराम खनाल, पुर्ब जि.शि.अ डबल बहादुर बस्नेत, राजनीतिक ब्यक्तित्व गोबिन्द के.सी, खिम बहादुर बि क, पुर्ब प्र.अ कुल बिक्रम खनाल, पुर्ब शिक्षक निमानन्द भुसाल, नवीन औद्योगिक मा.वि का प्र.अ प्रेम बस्नेत, प्राध्यापकहरु डा.अरुण क्षेत्री,डा.दुर्गा भुसाल समाजका पुर्ब अध्यक्ष भोज बहादुर खड्का , इन्जिनियर अरुण खनाल समाजसेवी खिमानन्द आचार्य लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । 

    साथै विद्यालयको हीरक महोत्सव सम्बन्धि अन्तर्क्रिया कार्यक्रममा स्व. चेत वहादुर खड्काको स्मृतिमा मालारानी-५। कर्णमारे निवासी उहाँकी श्रीमती लिल कुमारी खड्का लगायत घरपरिवारबाट एक लाख एघार हजार एक सय एघार राशीको अक्षयकोष स्थापना गरिएको थियो ।

    त्यस्तै स्व. चोपनारायण आचार्यको स्मृतिमा मालारानी-५। भिरमुनी निवासी छोरा खिमानन्द आचार्य र श्रीमती टिकादेवी आचार्यबाट एकाउन्न हजार एक सय पचास तथा स्व. विर बहादुर आचार्यको स्मृतिमा मालारानी-५। भण्डार निवासी छोराहरु किशोर आचार्य र ओमप्रकाश आचार्य श्रीमती मनि आचार्यबाट पचास हजार पाच सय राशिको अक्षयकोष स्थापना गरिएको थियो ।

    बागी सम्पर्क समाज रुपन्देहीको समन्वयमा भएको कार्यक्रम मालारानी वडा नम्बर ५ का अध्यक्ष तिलक मिश्रको अध्यक्षता र शिक्षक वसन्त खड्काको सन्चालनमा भएको थियो ।423472407_1069794847620938_1536715675714836920_n.jpg423541847_453186383703537_583280302016082970_n.jpg

  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा

    कपिलवस्तु । हरितालिका तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा लागेको भीडभाडको मौका छोपेर दर्शनार्थी महिलाका सुनका

  • ३६५ परिवारले पाए वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा, धनुषामा लालपुर्जा वितरण अभियान तीव्र

    जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend