Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

त्रिकोणात्मक सिरिजको फाइनलमा नेपाल र नेदरल्यान्ड्स भिड्ने


२०, फागुन २०८०
  • 125
    SHARES
  • त्रिकोणात्मक सिरिजको फाइनलमा नेपाल र नेदरल्यान्ड्स भिड्ने

    काठमाडौँ । त्रिकोणात्मक टी–२० सिरिजअन्तर्गत नामिबिया र नेदरल्यान्ड्सबीचको लिग चरणको अन्तिम खेल वर्षाका कारण रद्द भएको छ । खेल रद्द भएसँगै दुवै टोलीले एकरएक अङ्क बाडेका छन । 

    योसँगै उक्त प्रतियोगिताको फाइनलमा नेपाल र नेदरल्यान्ड्स भिड्ने भएका छन् । नेदरल्यान्ड्स ५ अङ्कसहित शीर्षस्थानमा रहँदै फाइनलमा पुगेको हो । त्यस्तै दोस्रो स्थानमा रहेको नेपाल चार अङ्क जोड्दै फाइनमा पुगेको छ ।यता नामिबियाले भने तीन अङ्क जोड्यो । 

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा नेदरल्यान्ड्सविरुद्ध टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नामिबियाले १५ ओभरमा चार विकेट गुमाउँदै ९८ रनको योगफल बनाएको थियो ।

    त्यसपछि वर्षा भएसँगै खेल रोकिएको थियो । खेल रोकिनुअघि नामिबियाका लागि जान लोफ्टी इएटनले ३४ रन र जिन ग्रिन ११ रन बनाएर खेलिरेहेका थिए ।

    लिग चरणको आफ्नो पहिलो खेलमा नेपाल नामिबियासँग २० रन र दोस्रो खेलमा नेदरल्यान्ड्ससँग २ रनले पराजित भएको थियो ।

    त्यस्तै नेपालले तेस्रो खेलमा नामिबियालाई ३ रन र नेदरल्यान्ड्सलाई ६ विकेटले हराउँदै प्रतियोगिताको फाइनलमा स्थान पक्का गरेको थियो । फाइनल खेल यही फागुन २२ गते हुनेछ । 

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend