Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

कञ्‍चनमा कपडा बैंक शुभारम्भ, गाउपालिका मध्ये देशभरिमै प्रथम


२३, फागुन २०८०
  • 142
    SHARES
  • कञ्‍चनमा कपडा बैंक शुभारम्भ, गाउपालिका मध्ये देशभरिमै प्रथम

    बुटवल । मानव सेवाका लागि देशका सातै प्रदेशमा सञ्‍चालन हुन लागेको क्लोथ एण्ड फूड बैंक रुपन्देहीको कञ्‍चन गाउँपालिकामा सञ्‍चालनमा आएको छ ।

    मंगलबार एक कार्यक्रमका बिच कञ्‍चन गाउँपालिका अध्यक्ष नवराज ढकाल, उपाध्यक्ष मौसमी थापा मगर, प्रमुख प्रशासकिय अधिकृत सागर गौतम, जेसीआई कञ्‍चनका अध्यक्ष जेसी धनपति ज्ञवाली (सन्देश) लगायतले क्लोथ बैंकको उद्घाटन गरेका छन् ।

    क्लोथ एण्ड फूड बैंक नेपालले प्रयोगमा नआएका घरमा यत्तिकै रहिरहेका पुराना लत्ता कपडा संकलन गरी पुनः प्रशोधन गरेर आवश्यक पर्नेहरुका लागि निःशुल्क वितरण गर्ने जनाएको छ । क्लोथ एण्ड फूड बैंक नेपालका अध्यक्ष कमल जि.सीले देशका सातै प्रदेशमा यो अभियान सञ्‍चालन हुने बताए ।

    देशभरका स्थानीय सरकार तथा विभिन्‍न संघ-संस्थालाई यो अभियानमा सहकार्य गर्न आव्हान गरे । मानव सेवाको लागि पुरानो कपडालाई पुनः प्रयोग भन्‍ने मुल नाराका साथ नितान्त सेवाभावले स्थापना गरिएको बैंकबाटअधिकतम सेवा लिन समेत उनले आग्रह गरे। 

    कञ्‍चन गाउँपालिकाका विभिन्‍न स्थानमा कपडा संकलनका लागि बक्स राखिने र संकलित कपडालाई पुनः प्रशोधन गरेर आवश्यकताका आधारमा वितरण गरिने अध्यक्ष जि.सीले बताए । कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष नवराज ढकालले कपडाविहीनलाई कपडा दिने र कपडाविहीन मुक्त गर्ने पुण्य कार्यमा जोडिन सबैलाई आग्रह गरे। 

    समाज परिर्वतनका लागि युवा समुहहरूले गरेको सामाजिक कार्यको प्रशंसा गर्दै उक्त कार्यमा आफु संलग्न हुन पाउँदा र क्लोथ बैंक सञ्‍चालनमा कञ्‍चन गाउँपालिका देशमै पहिलो गाउँपालिका बनेकोमा खुसी व्यक्त गरे।प्रमुख प्रशासकीय अधिकृत सागर गौतमले कुनै पनि व्यक्तिका लागि आवश्यक नभएको कपडा अरूलाई आवश्यक पर्न सक्ने भन्दै क्लोथ बैंकमा आफूलाई आवश्यक नपर्ने कपडा जम्मा गरिदिन सबैलाई आग्रह गरे । 

    शुभारम्भ कार्यक्रममा जेसी धनपति ज्ञवाली (सन्देश)ले जेसीआईको आस्था,मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो, लाई आत्मसात गर्दै पुण्य कार्यमा सहकार्य गर्न पाएकोमा फूड एण्ड क्लोथ बैंक नेपालले जेसीआई नेपालका १७८ स्थानीय शाखा मध्य जेसीआई कञ्‍चनलाई छनौट गरी अवसर प्रदान गरेको धन्यवाद व्यक्त गर्दै यो पुनित कार्यको लागि सदैव हातेमालो गर्ने प्रतिबद्धता सहित अभियान सफलताको शुभकामना व्यक्त गरे।

    केही दिन अघि मात्र रुपन्देहीको बुटवल उपमहानगरपालिकाबाट यो अभियानको औपचारिक सुभारम्भ भएको थियो । देशका विभिन्‍न उपयुक्त स्थानमा संकलन बक्स राखिने र संकलित कपडाहरूलाई पुनः प्रशोधन मार्फत आवश्यकताका आधारमा वितरण गरिनेछ ।

    क्लोथ बैंकका अध्यक्ष जिसीले आगामी दुई वर्षमा कपडाविहीन मुक्त बनाउने र २०८२ देखि  देशभर फूड एम्बुलेन्ससमेत सञ्‍चालन गर्ने योजना बनाएको बताए । उनकाअनुसार अहिलेसम्म १५४ वटा स्थानीय तह यो अभियानमा जोडिएका छन्। क्लोथ बक्स शुभारम्भ कार्यक्रम संचारकर्मी आविष्कार खनालको संचालन तथा दिप्लव क्षेत्रीको स्वागतमा सम्पन्न भएको थियो ।430942330_1560591431150682_87423177945796219_n.jpg

  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा

    कपिलवस्तु । हरितालिका तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा लागेको भीडभाडको मौका छोपेर दर्शनार्थी महिलाका सुनका

  • ३६५ परिवारले पाए वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा, धनुषामा लालपुर्जा वितरण अभियान तीव्र

    जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend