Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

कर्मचारीलाई अपमान गर्नेहरूको सूचना उपलब्ध गराइदिन बर्दियाका सिडिओको अनुरोध


२३, फागुन २०८०
  • 119
    SHARES
  • कर्मचारीलाई अपमान गर्नेहरूको सूचना उपलब्ध गराइदिन बर्दियाका सिडिओको अनुरोध

    बर्दिया । कर्मचारीहरूलाई अपमान गर्दै लुकीछिपी विभिन्न प्रकारका दुर्व्यवहार गर्ने प्रयत्न भइरहेकोप्रति जिल्ला प्रशासन कार्यालय एवं जिल्ला सुरक्षा समिति बर्दियाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

    प्रमुख जिल्ला अधिकारी एवं जिल्ला सुरक्षा समिति बर्दियाका अध्यक्ष वेद प्रसाद खरेलले विज्ञप्ति निकालेर आपराधिक गतिविधिमा संलग्न व्यक्तिलाई कानुनको दायरामा ल्याउने कार्यमा सहयोग गर्न जिल्लावासीहरूमा अनुरोध गरेका छन् ।

    ‘हाल केही समयदेखि बर्दिया जिल्लामा कथित सङ्घसंस्था वा अभियानको नाममा भ्रमपूर्ण/धम्कीपूर्ण अभिव्यक्ति दिने, कानुन विपरीतका कार्य गर्ने/गराउने, नागरिक, राष्ट्रसेवक कर्मचारी तथा बैंकिङ्ग तथा वित्तीय संस्थाहरू विरुद्ध भ्रम छर्ने र कर्मचारीहरूलाई अपमान गर्दै लुकीछिपी विभिन्न प्रकारका दुर्व्यवहार गर्ने प्रयत्न भइरहेको तर्फ जिल्ला सुरक्षा समितिको गम्भीर ध्यानाकर्षण भएको छ’

    विज्ञप्तिमा भनिएको छ, ‘उल्लेखित यस्ता आपराधिक गतिविधिमा संलग्न व्यक्तिलाई कानुनको दायरामा ल्याउन तथा जिल्लामा शान्ति सुरक्षा र सुशासन कायम राख हामी प्रतिबद्ध छौँ । यस कार्यमा आ-आफ्नो तह, क्षेत्रबाट सहयोग र सहकार्य गर्न तथा आपराधिक मनोवृत्तिलाई निरुत्साहित गर्न/गराउन समयमा नै सूचना उपलब्ध गराई सचेत नागरिकको कर्तव्य निभाउनु हुन समस्त जिल्लावासीहरूमा हार्दिक अनुरोध छ ।1709718930-J9uyp.jpg

  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा

    कपिलवस्तु । हरितालिका तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा लागेको भीडभाडको मौका छोपेर दर्शनार्थी महिलाका सुनका

  • ३६५ परिवारले पाए वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा, धनुषामा लालपुर्जा वितरण अभियान तीव्र

    जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend