Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

त्रिकोणात्मक टि–२० : पपुवा न्युगिनीलाई हराउँदै नेपाल फाइनलमा 


२९, फागुन २०८०
  • 164
    SHARES
  • त्रिकोणात्मक टि–२० : पपुवा न्युगिनीलाई हराउँदै नेपाल फाइनलमा 

    काठमाडौँ । त्रिकोणात्मक अन्तर्राष्ट्रिय टि–२० शृङ्खलाको दोस्रो खेलमा नेपालले पपुवा न्युगिनीलाई पराजित गर्दै प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।  

    हङकङको मोङकोकस्थित मिसन रोड क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले पपुवा न्युगिनीलाई ८५ रनले पाखा लगाउँदै प्रतियोगिताको फाइनलमा पुगेको हो ।

    जितसँगै नेपालले दुई खेलमा तीन अङ्क जोडेको छ । यसअघि भएको नेपाल र हङकङबीचको पहिलो खेल वर्षाका कारण रद्द भएको थियो ।

    नेपालले प्रस्तुत गरेको एक सय ९९ रनको लक्ष्य पछ्याएको पपुवा न्युगिनी १६ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै एक सय १३ रनमा समेटियो ।

    पपुवा न्युगिनीका लागि हिरी हिरीले सर्वाधिक २८ रनको योगदान दिए । त्यस्तै सेसे बाउले २१, टोनी उराले १३ र नसैना पोकनाले १२ रन बनाए ।

    नेपालका लागि कुशल भुर्तेलले चार विकेट लिए भने प्रतिश जिसीले दुई विकेट झारे । त्यस्तै आकाश चन्द र गुल्सन झाले समान एक–एक विकेट लिए ।

    त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा छ विकेट गुमाउँदै  एक सय ९८ रन बनाएको थियो ।

    नेपालका लागि कुशल भूर्तेलले ३९ बलमा चार चौका र चार छक्काको मद्दतले सर्वाधिक ५९ रनको योगदान दिएर नेपालको प्रतिष्ठा बढाएका हुन् । 
     
    यसैगरी, सन्दीप जोराले २६ बलमा चार छक्का र तीन छक्काको मद्दतले ५६ रन बनाए भने विनोद भण्डारीले २७ रन जोडे । विवेक यादवले १९, गुल्सन झाले १५ तथा लोकेश बमले १४ रन बनाए ।

    पपुवा न्युगिनीका लागि कप्तान असाद भालाले दुई विकेट लिँदा नसैना पोकना, जोन कारिको र नोर्मन भानुआले समान एक–एक विकेट लिएका थिए । 

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend