Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

पूर्ण संस्थागत प्रसूति सेवायुक्त स्थानीय तह घोषणा गर्न सर्वेक्षण


२, चैत २०८०
  • 261
    SHARES
  • पूर्ण संस्थागत प्रसूति सेवायुक्त स्थानीय तह घोषणा गर्न सर्वेक्षण

    नवलपरासी । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले नगरलाई पूर्ण संस्थागत प्रसूति सेवा युक्त स्थानीय तह घोषणाको तयारी  गरेको छ ।

    वडा तहबाट टोलटोलमा स्वास्थ्यकर्मी परिचालन गरी घरधुरी सर्वेक्षणको काम अगाडि बढाएको नगरपालिकाका जनस्वास्थ्य निरीक्षक सुरज हरिजनले जानकारी दिनुभयो ।

    नगरका १८ वटै वडा तहमा पूर्ण संस्थागत प्रसूति सेवायुक्त सुनिश्चितताको घोषणा गर्न आन्तरिक तयारी थालिएको छ ।

    नगरपालिकाले वडा नम्बर ७ लाई लुम्बिनी प्रदेश सरकारले तय गरेको मापदण्ड पूरा गरेको आधारमा पूर्ण संस्थागत प्रसूति सेवा युक्त वडा घोषणा गरिसकेको छ ।

    नगर प्रमुख धनपत यादवले सहजरुपमा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न स्वास्थ्य संस्थाको स्तरवृद्धि गर्ने काम भइरहेको जानकारी दिनुभयो ।

    ग्रामीण भेगमा भएका स्वास्थ्य संस्थामा पनि प्रसूति सेवा विस्तार गरी घरमा सुत्केरी हुने अवस्थाको अन्त्य गर्न अभियानको रुपमा कार्यक्रम अगाडि बढाइएको उहाँले बताउनुभयो ।

    नयाँ निर्माण भएका स्वास्थ्य संस्थाका सुविधा सम्पन्न भवनबाट गुणस्तरीय स्वास्थ्य सेवा दिन नगरपालिकाले काम गरिरहेको पनि उहाँले जानकारी दिनुभयो ।

    पूर्ण संस्थागत प्रसूति सेवायुक्त भएको घोषणा गर्न घरधुरी सर्वेक्षणका क्रममा कम्तीमा ९० प्रतिशतले चार पटक गर्भ जाँच गरेको, कम्तीमा ९५ प्रतिशतले स्वास्थ्य संस्थामै प्रसूति गराएको, सुत्केरी जाँच कम्तीमा तीन पटक भएकोलगायतका मापदण्ड पूरा गरेको हुनुपर्दछ ।

    नवलपरासीमा यसअघिनै बर्दघाट र सुनवल नगरपालिका पूर्ण संस्थागत प्रसूति सेवायुक्त स्थानीय तह घोषणा भइसकेका छन् ।

  • बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह

    काठमाण्डौ बाढी प्रभावित क्षेत्रमा महामारी फैलिन सक्ने जोखिम रहेकाले उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञहरूले आग्रह

  • अनसनरत नर्स अभियन्ता रानाभाट र सरकारी वार्ता टोलीबीच १९ बुँदे सहमति

    काठमाडौं । ​स्वास्थ्य तथा जनस्वास्थ्य क्षेत्रका विभिन्न माग राख्दै यहि साउन १४ गतेदेखि अनसनरत नर्स

  • आजदेखि विश्व स्तनपान सप्ताह मनाइँदै

    काठमाडौँविश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ), राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ), विभिन्न देशका स्वास्थ्य मन्त्रालय तथा नागरिक समाजका

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend