Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

‘ग्रिन तिलोत्तमा, क्लिन तिलोत्तमा’ अभियानमा तिलोत्तमा व्यापार सङ्घले सघाउने


४, चैत २०८०
  • 119
    SHARES
  • ‘ग्रिन तिलोत्तमा, क्लिन तिलोत्तमा’ अभियानमा तिलोत्तमा व्यापार सङ्घले सघाउने

    रुपन्देही । तिलोत्तमा व्यापार सङ्घले आगामी तीन वर्षका लागि कार्ययोजना तयार गरेको छ ।

    उद्योगी–व्यवसायीका समस्या, अधिकारका विषयमा केन्द्रित रहेर कार्ययोजना तयार गरिएको सङ्घका अध्यक्ष नेत्रप्रसाद न्यौपानेले जानकारी दिनुभयो ।

    कार्ययोजनअनुसार ‘ग्रिन तिलोत्तमा, क्लिन तिलोत्तमा’ नगरपालिको अभियानमा व्यापार सङ्घले सघाउने छ भने सदस्यता विस्तार गरेर तीन हजार सदस्य बनाइने छ ।  

    सङ्घमा आबद्ध सदस्यहरूको रु एक लाख बराबरको दुर्घटना बीमा, व्यवसायीमुखी तालिम  गराई दक्ष व्यवसायी बनाउन सघाउने । 

    तिलोत्तमा महोत्सव–२०८१ भव्यरूपमा सम्पन्न गर्ने, छिमेकी समकक्षी सङ्घसंस्थासँग भगिनी सम्बन्ध कायम गर्ने, ‘ग्रिन तिलोत्तमा, क्लिन तिलोत्तमा’ अभियानलाई सार्थक नगरपालिकासँग सहकार्य गरी अगाडि बढाउने, सचिवालय भवन निर्माण गर्न जग्गा प्राप्तिका लागि सबै पक्षसँग छलफल एवं संवाद गरी प्राप्त जग्गामा सचिवालय भवन बनाउने विषय समेटिएका छन् ।

    विभिन्न अस्पतालसँग सहकार्य गरी उपचारमा छुटको व्यवस्था मिलाउने, बैंक तथा वित्तीय संस्थासँग उद्योगी–व्यवसायी सदस्यलाई वित्तीयसम्बन्धी अन्तक्र्रिया कार्यक्रम गर्ने, महिला उद्यमीका लागि तालिम गोष्ठी गर्नेलगायतका योजना पनि कार्यशालाले तय गरेको छ ।

    कार्यशालाले बनाएका योजना कार्यान्वयनका लागि जिम्मेवारी बाँडफाँटसमेत गरिएको सङ्घका अध्यक्ष न्यौपानेले जानकारी दिनुभयो ।

    कार्ययोजना निर्माणमा नेपाल चेम्बर अफ कमर्सका केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेश अध्यक्ष टङ्कप्रसाद पोखरेलले सहजीकरण गर्नुभएको थियो ।

    त्यस अवसरमा सङ्घका संस्थापक अध्यक्ष जेपी कँडेल, वरिष्ठ उपाध्यक्ष विष्णुबहादुर बराल, महासचिव चेतनारायण विश्वकर्मा, कार्यक्रम संयोजक ताराप्रसाद नेपाललगायतले कार्ययोजनालाई कार्यान्वयन गरी सङ्घलाई सुदृढ व्यावसायिक संस्थाका रूपमा विकास गर्नुपर्ने बताउनुभयो ।

  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा

    कपिलवस्तु । हरितालिका तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा लागेको भीडभाडको मौका छोपेर दर्शनार्थी महिलाका सुनका

  • ३६५ परिवारले पाए वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा, धनुषामा लालपुर्जा वितरण अभियान तीव्र

    जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend