Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

जातीय विभेद अन्त्य गर्न युवा सञ्जाल


४, चैत २०८०
  • 144
    SHARES
  • जातीय विभेद अन्त्य गर्न युवा सञ्जाल

    दाङ । दाङमा जातीय विभेद अन्त्य गर्न युवा सञ्जाल गठन गरिएको छ ।

    उहाँले विभेद अन्त्यका लागि सचेतना फैलाउन तुलसीपुर उपमहानगरपालिकामा रहेका दुई र दङ्गीशरण गाउँपालिकामा एक गरी तीन सामुदायिक विद्यालयमा किशोर–किशोरी सञ्जाल गठन गरिएको हो ।

    दाङका अन्य विद्यालयमा पनि यो सञ्जाल गठन गर्ने दलित महिला सङ्घ दाङका अध्यक्ष युवा कराराले बताउनुभयो ।

    उहाँका अनुसार ती सञ्जाल गठन गरी नयाँ पुस्ताका दलितले भोग्नुपरेका विभेदलगायत विषयमा अध्ययन गरिनेछ ।

    छुवाछूतमुक्त राष्ट्र घोषणा भए पनि हाम्रो समाजमा छुवाछूतका घटना नघटेका अध्यक्ष कराराको दुखेसो छ । उहाँले विभेदरहित समाज निर्माणका लागि जातीय मुद्दा साझा बन्नुपर्नेमा जोड दिनुभयो । उहाँले दलित भएकै कारण सार्वजनिक धारा, कुवाको पानी प्रयोग गर्न नपाएको गुनासो गर्नुभयो ।

    दलित समुदायका आवाजलाई निरन्तररूपमा समावेश गर्नुपर्ने दलित अधिकारकर्मी निर्मल नेपालीले बताउनुभयो ।

    दाङका १० पालिकामध्ये आफूहरूको अथक प्रयासका कारण तुलसीपुर उपमहानगरपालिकाले दलित सशक्तीकरण ऐन ल्याएकाले पूर्णरूपमा कार्यान्वयन सबैको दायित्व रहेको उहाँले बताउनुभयो ।

  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा

    कपिलवस्तु । हरितालिका तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा लागेको भीडभाडको मौका छोपेर दर्शनार्थी महिलाका सुनका

  • ३६५ परिवारले पाए वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा, धनुषामा लालपुर्जा वितरण अभियान तीव्र

    जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend