काठमाडौँ । म्यानचेस्टर सिटी एफए कप फुटबलको सेमिफाइनलमा पुगेको छ । गएराति भएको खेलमा न्युक्यासल युनाइटेडलाई २ गोलले हराउँदै सिटी अन्तिम चारमा पुगेको हो ।
सिटीका बर्नान्डो सिल्भाले खेलको १३ औँ र ३१ औँ मिनेटमा गोल गरे । अर्को खेलमा कोभेन्ट्री सिटीले उल्भ्सलाई ३–२ गोलले हराएको छ । पहिलो हाफ गोलरहित भएको खेलमा सबै ५ गोल दोस्रो हाफमा भएका थिए ।
जितसँगै कोभेन्ट्री सेमिफाइनलमा पुगेको छ । एफए कपको क्वाटरफाइनलमा आज चेल्सी र लेस्टर सिटी तथा म्यानचेस्टर युनाइटेड र लिभरपुल खेल्दैछन् ।