Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

एभरेष्टद्धारा त्रिभुवन आर्मी क्लब पराजित


५, चैत २०८०
  • 126
    SHARES
  • एभरेष्टद्धारा त्रिभुवन आर्मी क्लब पराजित

    काठमाडौँ । आठौँ महिला तथा पुरुष भलिबल च्याम्पियनसिप अन्तर्गत महिलातर्फको खेलमा एभरेष्ट भलिबल क्लबले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको छ । 

    त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आज भएको पहिलो खेलमा एभरेष्टले त्रिभुवन आर्मी क्लबलाई ३-१ को सेटमा पराजित गर्‍यो ।

    एभरेष्टले खेलको पहिलो सेट २४-२६ ले गुमाए पनि त्यसपछिको सबै सेट आफ्नो पक्षमा पार्‍यो । एभरेष्टले आर्मीमाथि २५-१७, २५-१९ र २५-२२ को जित निकाल्यो ।

    जितसङै एभरेष्टले दुई खेलबाट छ अङ्क जोडेको छ । पहिलो खेलमा एभरेष्टले कर्णाली प्रदेशलाई ३-० सेटले हराएको थियो ।

    नेपाल भलिबल सङ्घको आयोजनामा भएको उक्त प्रतियोगिताका विजेता टोलीले रु पाँच लाख तथा उपविजेताले रु दुई लाख ५० हजार पाउनेछन् भने तेस्रो हुने टोलीले रु एक लाख २५ हजार प्राप्त गर्नेछ ।

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend