गुल्मी । जिल्ला ब्याडमिण्टन संघ गुल्मीले सदरमुकाम तम्घासमा राष्ट्रिय स्तरको खुल्ला ब्याडमिण्टन प्रतियोगिता आयोजना गर्ने भएको छ ।
सोमबार सदरमुकाम तम्घासमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै जिल्ला ब्याडमिण्टन संघ गुल्मीका अध्यक्ष नवराज श्रेष्ठले यहि चैत्र ९ गते देखि ११ गतेसम्म उक्त प्रतियोगिताको आयोजना गर्न लागिएको जानकारी दिनुभएको हो ।
पर्यटन प्रबर्द्धनका लागि रेसुंगा नगरपालिकाले सञ्चालन गरेको “जाउँ हिड रेसुंगा” भन्ने अभियानलाई सफल बनाउन सहयोग गर्ने उदेश्यका साथ जिल्लामा पहिलो पटक प्रथम खुल्ला राष्ट्रिय ब्याडमिण्टन प्रतियोगिता संचालन गर्न लागिएको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।
“जाउँ हिड रेसुंगा” भन्ने नाराका साथ प्रतियोगिताको आयोजना गरिएकोले गुल्मी जिल्लामा पर्यटन प्रबर्द्धन गर्न यो प्रतियोगिता उपलब्धिमुलक हुने विश्वाश आयोजकले लिएको छ।
तिन दिनसम्म संचालन हुने प्रतियोगिताअन्तर्गत खुल्ला पुरुष डबल, ३५ प्लस भेन्ट्रान्स,४५ प्लस भेन्ट्रान्स, ५५ प्लस भेन्ट्रान्स, खुला पुरुष सिङ्गल, खुला महिला डबल र खुला पुरुष बी ग्रेडका गरी सात विधाका खेल हुने अध्यक्ष श्रेष्ठले जानकारी दिनुभएको छ ।
प्रतियोगितामा खुल्ला पुरुष डबल ब्याडमिन्टन तर्फका प्रथम विजेतालाई ६० हजार, प्रथम उपविजेता ४० हजार र दोस्रो उपविजेता २० हजार नगद पुरस्कार सहित मेडल, ट्रफी र प्रमाणपत्र सहित पुरस्कृत गरिने छ। दर्ता शुल्क भने तीन हजार रहेको छ ।
३५ प्लस भेन्ट्रान्समा विजेता पुरस्कार रु.४० हजार, प्रथम उपविजेता पुरस्कार रु.२५ हजार र दोस्रो उपविजेता पुरस्कार रु.१५ हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र रहेको छ । दर्ता शुल्क भने रु.दुई हजार पाँच सय रहेको छ ।
४५ प्लस भेन्ट्रान्समा विजेता पुरस्कार रु.४० हजार, प्रथम उपविजेता पुरस्कार रु.२५ हजार र दोस्रो उपविजेता पुरस्कार रु.१५ हजार सहित मेडल, ट्रफी र प्रमाणपत्र रहेको छ । जसको दर्ता शुल्क दुई हजार पाँच सय रहेको छ ।
५५ प्लस भेन्ट्रान्समा विजेता पुरस्कार रु. ३५ हजार, प्रथम उपविजेता पुरस्कार रु.२० हजार र दोस्रो उपविजेता पुरस्कार रु.१५ हजार सहित मेडल, ट्रफी र प्रमाणपत्र रहेको छ । जसको दर्ता शुल्क दुई हजार रहेको छ ।
खुला पुरुष सिंगल ब्याडमिन्टन प्रतियोगितामा विजेता पुरस्कार ३५ हजार, प्रथम उपविजेता पुरस्कार रु.२५ हजार र दोस्रो उपविजेता पुरस्कार रु.१५ हजार सहित मेडल, ट्रफी र प्रमाणपत्र रहेको छ । जसको दर्ता शुल्क दुई हजार पाँच सय रहेको छ ।
खुला महिला डबल ब्याडमिन्टन प्रतियोगितामा विजेता पुरस्कार रु.३५ हजार, प्रथम उपविजेता पुरस्कार रु.२० हजार र दोस्रो उपविजेता पुरस्कार रु.१५ हजार सहित मेडल, ट्रफी र प्रमाणपत्र रहेको छ । जसको दर्ता शुल्क दुई हजार रहेको छ ।
खुला पुरुष ग्रेड बी ब्याडमिन्टन प्रतियोगिता अन्तर्गत विजेता पुरस्कार ३५ हजार, प्रथम उपविजेता पुरस्कार रु.२० हजार र दोस्रो उपविजेता पुरस्कार रु.१५ हजार सहित मेडल, ट्रफी र प्रमाणपत्र रहेको छ । जसको दर्ता शुल्क दुई हजार पाँच सय रहेको छ ।
ब्याडमिन्टन प्रतियोगिता अन्तर्गत खुला पुरुष डबल र खुला पुरुष सिंगलमा टप–२० भन्दा तलका खेलाडी मात्र सहभागी हुन पाउने ब्यबस्था गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।
प्रतियोगिताको प्रवर्द्धकका रूपमा राष्ट्रिय खेलकुद परिषद्, प्रदेश खेलकुद परिषद् लुम्बिनी प्रदेश र जिल्ला खेलकुद विकास समिति गुल्मी रहेको छ ।प्रतियोगिताको सम्पूर्ण तयारी पुरा गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभएको छ ।
प्रतियोगिता सम्पन्न गर्न करिब २१ लाख ६० हजा रुपियाँ खर्च हुने आयोजकले अनुमान गरेको र आयोजक संस्था, स्थानीय तह तथा स्वदेश–विदेशमा हरनुभएका खेलप्रेमीहरुबाट आर्थिक स्रोतको व्यवस्थापनमा लागिएको उहाँले बताउनुभयो । आर्थिक संकलनको कार्य जारी रहेको छ ।
सात विधामा खेलाइने प्रतियोगितामा टप–२० मुनिका खेलाडीहरु मात्र सहभागी हुन पाउनेछन् । खेलको चौतर्फी विकास र गुल्मी जिल्लामा रहेका पर्यटकीय ऐतिहासिक ठाउँहरूको प्रवद्र्धनका लागि संचालन गर्न लागिएको यो प्रतियोगितामा बिभिन्न जिल्ला र क्षेत्रका करिब ५ सय खेलाडी सहभागी हुने जनाइएको छ ।