बुटवल । भक्तपुर नगरपालिकाले आयोजना गरेको अन्तर नगर महिला कबड्डी प्रतियोगिताको उपविजेता बुटवल उपमहानगरपालिकाको टीमलाई सम्मान गरिएको छ।
बुटवल उपमहानगरपालिकाले भक्तपुरमा सम्पन्न प्रतियोगितामा उपविजेता भएको टीमलाई आइतबार सम्मान गरेको हो ।
सम्मान कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले उपविजेता टोलीलाई उचित सम्मान दिइने बताउनुभयो।
उहाँले बुटवलको प्रतिष्ठा बढाउने टीमलाई प्रोत्साहन गर्नका लिग नगरले विशेष सम्मान गर्ने योजना बनाएको बताउनुभयो।
उहाँले बुटवलले खेल क्षेत्रमा अब्बल बनाउने उदेश्यका साथ लगानी गरिरहेको र त्यसअनुसारको प्रतिफल प्राप्त भइरहेको बताउनुभयो ।
कार्यक्रममा उपप्रमुख सावित्रादेवी अर्यालले खेलाडीको योगदानको सम्मान गर्दै थप प्रोत्साहन गर्ने बताउनुभयो ।
नगर खेलकुद विकास समितिका संयोजक बोनिन पियाले खेलाडीहरुले कडा मेहनतका साथ उपबिजेता भएको र आगामी दिनमा अझ उत्कृष्ट नतिजा ल्याउने गरी लगानी गर्ने बताउनुभयो ।
कबड्डी प्रशिक्षक महेन्द्र सुनारले खेलाडीले उत्कृष्ट प्रदर्शन गरेको र आगामी दिनमा खेललाई अझै सुधार गरेर सर्वोत्कृष्ट हुने बताउनुभयो ।
टीम क्याप्टेन सिर्जना थारुले बुटवल उपमहानगरपालिकाको नेतृत्व गरेर भाग लिन पाउँदा खुशी लागेको बताउनुभयो ।
भक्तपुर नगरपालिकाले आयोजना गरेको अन्तर नगर महिला कबड्डी प्रतियोगिताको फाइनलमा मेलौली नगरपालिकासँग बुटवल उपमहानगरपालिकाको टीम पराजित भएको थियो ।
प्रतियोगितामा प्रथम भएको मैलौलीले १ लाख ५० हजार र उपविजेता बुटवल उपमहानगरपालिकाले १ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन्।