Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

विश्वकप छनोट : आज बहराइनको सामना गर्दै नेपाल


८, चैत २०८०
  • 141
    SHARES
  • विश्वकप छनोट : आज बहराइनको सामना गर्दै नेपाल

    काठमाडौं - फिफा विश्वकप-२०२६ छनोटको दोस्रो चरणमा आज नेपाली राष्ट्रिय टिमले बहराइनविरुद्ध खेल्दै छ ।

    पहिलो चरणमा लाओसलाई समग्रमा १-० ले हराउँदै दोस्रो चरणमा स्थान बनाएको नेपाल समूह ‘एच’ मा छ । दोस्रो चरणमा दुई खेल खेलिसके पनि नेपाल अझै अंकविहीन छ ।

    यसैकारण बहराइनसँग पहिलो लेग खेल्दा भिन्चेन्सो अल्बर्टो एनेसको प्रशिक्षणमा रहेको नेपाली टिम आज पहिलो अंक जोड्ने लक्ष्यमा हुनेछ ।

    बहराइनलसँगको पहिलो लेग घरेलु मैदानमा हुने तालिका थियो । तर, अन्तर्राष्ट्रिय स्तरको एकमात्र दथरथ रंगशालाको स्तर खेल्नलायक नभएपछि पहिलो र दोस्रो दुवै लेग बहराइनमा हुने भएको हो ।

    बहराइनको बहराइन राष्ट्रिय रंगशालामा हुने पहिलो लेग राति १२ः४५ बजेदेखि सुरु हुनेछ । तालिकाको पुछारमा रहेको नेपाल अंकविहीन छ । यो समूहमा नेपालसँगै बहराइन, यमन र युनाइटेड अरब इमिरेट्स (यूएई) छन् । नेपालले यसअघि पहिलो खेलमा यूएईसँग ४-० को र दोस्रो खेलमा यमनसँग २-० को हार व्यहोरेको थियो ।

    यता, बहराइनले पनि यसअघि दुई खेल खेल्दा एकमा जित र अर्कोमा हार बेहोरेको छ । तीन अंकसहित तालिकाको दोस्रो स्थानमा रहेको बहराइनले यसअघि यूएईसँग २-० को हार व्यहोर्दा दोस्रो खेलमा यमनलाई २-० ले हराएको थियो ।

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend