रोल्पा । अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवस २०२४ मार्च २१ को अवसरमा जातीय विभेद उन्मुलन सम्बन्धि हाम्रो भूमिका विषयक अन्तरक्रिया कार्यक्रम थबाङ्मा सम्पन्न भएको छ।
जिल्ला समन्वय समिति रोल्पाको आयोजना र थबाङ,परिवर्तन तथा माडी गाउँपालिकाको सह-आयोजनामा बिहीबार शहिद स्मृति सभा भवन थबाङ गाउँपालिका-१ मा सम्पन्न भएको हो।
जिल्ला समन्वय समिति रोल्पाका उप-प्रमुख कर्मलाल परियारको अध्यक्षतामा भएको कार्यक्रममा कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारले प्रमुख अतिथीको रूपमा सम्बोधन गर्दै उत्तर अमेरिकामा काला जाति र गोरा जाति बीच जातीय विभेद भएको थियो र दक्षिण एसियामा पनि गोरा जाति बीच जातीय विभेद भएको बताउदै संयुक्त राष्ट्र संघले १९४५ अर्थात आजकै दिन अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन घोषणा गरेको बताउनुभएको छ।
अहिले सबै जातजाति,सबै समुदाय मिलेर संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्नु आवश्यक रहेको बताउनुभएको छ । साथै परियारले हामीसँग अहिले संघीय सरकार,प्रदेश सरकार र स्थानीय सरकार छन जसले आम नागरिकले सरकारको अनुभुती रहेका छन र जातीय उन्मुलन गर्न सक्ने पनि तिनै तहको सरकारको दायित्व रहेको समेत बताउनुभएको छ।
हामीले सहिलाई सहि र गलतलाई गलत भन्नुपर्छ चाहे त्यो जो कोही होस राम्रो लाई राम्रो र चोर लाई चोर भन्नुपर्छ परियारले भने । थबाङ युद्धको मैदान भएको बताउदै राष्ट्रिय राजनीतिमा थबाङले महत्त्वपूर्ण भूमिका खेलेकोले राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा रचेको ऐतिहासिक नामलाई उच्च राखी राख्नु अहिलेको आवश्यकता रहेको बताउनुभएको छ।
कर्णाली प्रदेशका जलस्रोत तथा उर्जा विकास मन्त्री उर्मिला विश्वकर्माले विशिष्ट अतिथीको रूपमा सम्बोधन गर्दै अहिले लामो संघर्ष,योगदान,त्याग र बलिदानले गर्दा जातीय विभेद उन्मुलन हुन् सफल भएको बताउनुभएको छ।अहिले तराई मधेसमा जातीय विभेद हुने गरेको कहिँ कतै आउने गरेको बताउदै लुम्बिनी प्रदेश र आफ्नो कर्णाली प्रदेशमा त्यति जातीय विभेद नरहेको बताउनुभएको छ।
तत्कालीन नेकपा माओवादी केन्द्रले नेतृत्व गरेको महान दस बर्षे जनयुद्धको महत्त्वपूर्ण भूमिका रहेको बताउदै रोल्पाको थबाङ राजनीतिक हिसाबले ऐतिहासिक महत्त्व बोकेको ठाउँ भएको र यहाँ आएर कार्यक्रममा सहभागी हुन पाउदा आफू हर्षित भएको बताउनुभएको छ।मन्त्री विश्वकर्माले अब राजनीतिक ऐतिहासिक महत्त्वपूर्ण बोकेको ठाउँबाट जातीय विभेद उन्मुलन हुनुपर्ने बताउनुभएको छ।
लुम्बिनी प्रदेश सभा सदस्य दिपेन्द्र कुमार पुनले विशिष्ट अतिथीको रूपमा सम्बोधन गर्दै जातीय विभेद उन्मुलन गर्न सबैको महत्त्वपूर्ण योगदान रहेको बताउनु भएको छ।पहिले जातीय विभेद हुने गरेकोमा अहिले धर्मको विभेद हुन थालेको बताउदै लामो समयदेखि संघर्ष गर्दै आएका राजनीतिक दलहरूले धर्मको कुरा उठाउने गरेको बताउनुभएको छ।
लामो संघर्ष बाट उपलब्ध भएको संघीय लोकतान्त्रिक गणतन्त्र गुम्ने अवस्था भएकोले त्यसलाई जोगाउनको लागि अहिले नेतृत्व गरेका सरकारले आम नागरिकले महशुस गर्ने गरी काम गर्नुपर्ने बताउनुभएको छ। संघीयताको दोस्रो कार्यकालको पहिलो बर्ष भएको बताउदै प्रदेश सरकार र स्थानीय सरकार स्थाप्ना भएको करिब छ बर्ष पुरा भएकोले जातीय विभेद उन्मुलन गर्नको लागि पनि तीन वटै सरकार अग्रसर हुनुपर्ने बताउनुभएको छ।