Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

राष्ट्रिय भलिबलको महिलातर्फ पुलिस र एभरेस्ट क्लब फाइनलमा


८, चैत २०८०
  • 112
    SHARES
  • राष्ट्रिय भलिबलको महिलातर्फ पुलिस र एभरेस्ट क्लब फाइनलमा

    काठमाण्डौ – आठौँ संस्करणको राष्ट्रिय महिला तथा पुरुष भलिबल च्याम्पियनशिपमा महिलातर्फ नेपाल पुलिस क्लब र एभरेस्ट क्लब फाइनलमा पुगेका छन् ।

    राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कर्भडहलमा आज बिहान भएको पहिलो खेलमा पुलिसले सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई ३–१ को सेटमा हरायो ।

    अर्काे खेलमा एभरेस्टले न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा हरायो । यस्तै पुरुषतर्फ नेपाल पुलिस क्लब सेमिफाइनलमा पुगेको छ । पुलिसले कोशी प्रदेशलाई ३–० को सेटमा हरायो । अर्काे खेलमा सुदूरपश्चिम प्रदेशलाई ३–१ सेटमा हराउँदै त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा पुगेको छ ।

    यही चैत १० गतेसम्म हुने प्रतियोगितामा पुरुषतर्फ १३ र महिलातर्फ ७ वटा टोली छन् । प्रतियोगिताको विजेताले पाँच लाख, उपविजेताले दुई लाख र तेस्रो हुने टोलीले एक लाख २५ हजार रुपैयाँ पाउनेछ ।

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend