Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

आइपिएलको उद्घाटन खेलमा धोनी र कोहली आमने सामने


९, चैत २०८०
  • 146
    SHARES
  • आइपिएलको उद्घाटन खेलमा धोनी र कोहली आमने सामने

    काठमाडौँ - आजदेखि इण्डियन प्रिमियर लिग (आइपिएल) को १७औं सिजन शुरु हुँदै छ । यस सिजनको उद्घाटन खेलमा आज डिफेन्डिङ च्याम्पियन चेन्नई सुपरकिङ र रोयल च्यालेन्जर्स बैंगलोर खेल्दै छन्

    चेन्नईमा हुने यो खेल नेपाली समय अनुसार राति सवा ८ बजेदेखि सुरु हुँदै छ । चेन्नई आइपिएलकै सबैभन्दा सफल टिम मध्ये एक टिम हो । अहिलेसम्म चेन्नईले ५ आइपिएल उपाधि जितेको छ । त्यस्तै रोयल च्यालेन्जर्स बैंगलोरले अहिलेसम्म आइपिएलको उपाधि जित्न सकेको छैन ।

    यस सिजनमा महेन्द्र सिंह धोनीले भने चेन्नईको कप्तानी छोडेका छन् । बिहीबार चेन्नईले रुतुराज गायकवाडलाई नयाँ कप्तान बनाएको घोषणा गरेको छ ।

    चेन्नईले यस सिजनमा न्यूजील्याण्डका रचिन रविन्द्रलाई भित्र्याएको छ । उनको यो आइपिएलमा डेभ्यु सिजन हुनेछ । उनी चेन्नईका लागि यस सिजनमा महत्वपूर्ण खेलाडी हुने छन् ।

    त्यस्तै फाफ डु प्लेसिसको कप्तानीमा रहेको बैंगलोरले यस सिजनमा अस्ट्रेलियाका ब्याटिंग अलराउण्डर क्यामरुन ग्रीनलाई भित्र्याएको छ र उनी बैंगलोरका लागि यस सिजनमा महत्वपूर्ण खेलाडी हुने छन् ।

    चेन्नईको टिम : रुतुराज गायकवाड (कप्तान) महेन्द्र सिंह धोनी, मोइन अली, अराभेली अभानिश, दीपक चहर, डेभोन कोनवे, तुसार देसपाण्डे, शिभम दुवे, राजवर्धन हंगारगेरकर, रविन्द्र जडेजा, अजय मण्डल, डार्यल मिचेल, मुकेश चौधरी, मुस्ताफिजुर रहमान, मथीसा पथिराना, अजिख्य रहाने, शैक रसीद,  रचिन रविन्द्र, समीर रिजवी, मिचेल सान्टनेर, सिमरजित सिंह, निशान्त सिन्धु, प्रशान्त सोलंकी, श्रदुल ठाकुर र महीस थीकक्षना ।

    बैंगलोरको टिम : फाफ डु प्लेसिस (कप्तान), आकास दीप, अनुज रावत, मनोज भन्डागे, सौरभ चौहान, टम कुरान, मयंक डगार,  लुकी फर्गुसन, क्यामरुन ग्रीन, विल ज्याक, अल्जारी जोसेप, दिनेश कार्तिक, विराट कोहली, महिपाल लोमरोर, ग्लेन म्याक्सवेल, मोहमद सिराज, रजत पाटीदार, सुयश प्रभुदेसाई,  राजन कुमार, हिमांशु शर्मा, कर्ण शर्मा,  स्वप्निल सिंह, रीच टोपले, विजयकुमार वयष्क र यस दयाल ।

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend