Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

विश्वविद्यालय ज्ञान उत्पादन गर्ने केन्द्रका रुपमा विकास गरौँ : मन्त्री बस्नेत


९, चैत २०८०
  • 300
    SHARES
  • विश्वविद्यालय ज्ञान उत्पादन गर्ने केन्द्रका रुपमा विकास गरौँ : मन्त्री बस्नेत

    ललितपुर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले क्याम्पस तथा विश्वविद्यालयलाई ज्ञान उत्पादन गर्ने केन्द्रका रुपमा विकास गर्नुपर्ने बताउनुभएको छ ।

    नवआगन्तुक विद्यार्थीको स्वागतमा अखिल (क्रान्तिकारी) पाटन क्याम्पस कमिटीद्वारा आयोजित कार्यक्रममा उहाँले क्याम्पस र विश्वविद्यालयलाई ज्ञान प्राप्त गर्ने थलोमात्र सीमित नगरेर ज्ञान उत्पादन गर्ने केन्द्रका रुपमा विकास गर्दै मुलुकलाई समृद्धिको दिशामा लैजान सक्नुपर्ने बताउनुभयो । 

    “गौरवशाली इतिहास बोकेको यो क्याम्पसको आफ्नै महत्व छ । अहिलेका प्रधानमन्त्रीले विसं २०२८/२९ तीर यही क्याम्पसमा पढ्नुभएको थियो । उच्च शिक्षा हासिल गर्ने जिम्मेवारी पूरा गर्दै मुलुक र देशको भविष्य निर्माणका लागि क्रियाशील रहन विद्यार्थी भाइबहिनीमा आग्रह गर्दछु”, मन्त्री बस्नेतले भन्नुभयो ।

    उहाँले मुलुकको स्वाभिमान र स्वाधीनताका लागि त्याग गर्ने सहिदको योगदानमा खडा भएको अखिल ९क्रान्तिकारी०ले मुलुकको राजनीतिक जीवनमा परिवर्तन ल्याउन सङ्घर्ष गरेको बताउनुभयो ।मन्त्री बस्नेतले बदलिदो परिवेशसँगै इतिहास र आदर्शलाई मुलुकको आवश्यकता र सन्दर्भसँग जोडेर ज्ञान उत्पादनतर्फ लाग्न विद्यार्थीलाई आग्रह गर्नुभयो ।

    हरेक नागरिकले देशको भविष्यप्रति गर्व गर्ने अवस्था सिर्जना गर्दै राष्ट्रको विकासका लागि उच्च मनोबल र गौरवको सन्देश बोकेर लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो । मन्त्री बस्नेतले क्रान्ति सफल भएको दुई दशकमा नै सफलता हासिल भएन भनेर लिन नहुने बताउनुहुँदै सुशासन, सामाजिक न्यायसहितको विकासलाई पूरा गर्ने उद्देश्यसहित सरकार अगाडि बढिरहेको बताउनुभयो ।

    नेपालमा ऊर्जा उत्पादनको एक सय १२ वर्ष पूरा भएको बताउनुहुँदै मन्त्री बस्नेतले आगामी १२ वर्षमा २८ हजार मेगावाट विद्युत् उत्पादनको लक्ष्य लिएर मन्त्रालय अगाडि बढिरहेको जानकारी दिनुभयो । “विसं १९६८ मा पहिलोपटक ऊर्जा उत्पादन सुरु भयो । 

    त्यो बेलादेखि २०४६ सालसम्म ७८ वर्षको अवधि दुई सय ५० मेगावाट उत्पादन भएछ । विसं २०४८ देखि २०६२÷६३ सम्म २५० थप भई पाँच सय मेगावाट उत्पादन भएको देखिन्छ । विसं २०७२ सम्म ३०० मेगावाट र अहिले २९ सय मेगावाट विद्युत् उत्पादन भइरहेको छ । यो तथ्यले पनि देश उन्नतितर्फ गइरहेको देखाएको छ”, मन्त्री बस्नेतले भन्नुभयो ।

    उहाँले १० वर्षमा गरिएको कामले मुलुकले सार्थकता प्राप्त गरिनसकेको भए पनि निरन्तरता जारी रहँदा त्यसले सार्थकता प्राप्त गर्ने बताउनुभयो । यो देशमा केही हुँदैन भन्ने भाष्यलाई चिर्नुपर्ने उहाँको भनाइ छ ।

    नेकपा माओवादी बागमती प्रदेशका अध्यक्ष एवं बागमती प्रदेश सदस्य सरल सहयात्रीले सानोभन्दा सानो काम गरेर पनि देशमा बाँच्न सकिन्छ भन्ने सन्देश विद्यार्थीले दिन सक्नुपर्ने धारणा राख्नुभयो ।उहाँले उक्त कुराबाट प्रेरित भएर उच्च शिक्षा हासिल गर्दै देशको अवस्था परिवर्तनमा लाग्न विद्यार्थीलाई आग्रह गर्नुभयो । 

    सहयात्रीले हरेक क्षेत्रबाट देशको विकासमा योगदान गर्न सक्नुपर्ने भन्दै हाम्रा पुर्खाले पाखोपखेरो खनेर बनाएको मुलुकको विकास र समृद्धिको लागि सबै क्रियाशील हुनुपर्नेमा जोड दिनुभयो । “पढ्दै नपढेको व्यक्तिले पनि लामो समय एउटा काममा निरन्तरता दियो भयो भने त्यो क्षेत्रमा विज्ञ हुन सकिन्छ”, उहाँले भन्नुभयो, “तसर्थ निरन्तर प्रयास, आत्मविश्वास र धैर्यतासहित अध्ययन वा आफूले गरिरहेको काममा लाग्नुपर्दछ ।”

    कार्यक्रममा उपप्राध्यापक शारदा लामिछानेसहित अखिल (क्रान्तिकारी)का केन्द्रीय पदाधिकारीले समेत मन्तव्य राख्नुभएको थियो । 

  • काठमाण्डौ विश्वविद्यालयको उपकुलपतिमा डा.बराल नियुक्त

    काठमाण्डौ - काठमाण्डौ विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्रा.डा विवेक बराल नियुक्त हुनुभएको छ । प्रधानमन्त्री तथा

  • विदेशी सम्बन्धनको आवरणमा अर्बौँको शिक्षा व्यापार: शुल्कदेखि नियमनसम्म १२ गम्भीर सार्वजनिक प्रश्न

    खोजमूलक विशेष रिपोर्ट काठमाडौँ । नेपालमा विदेशी विश्वविद्यालयसँग सम्बन्धन (Affiliation) लिएर सञ्चालन भएका निजी कलेजहरूको विस्तारसँगै

  • लोक सेवाको परीक्षा तालिका संशोधन, कुन कहिले ?

    काठमाडौं । लोक सेवा आयोगले परीक्षाको मिति र समय संशोधन गरेको छ । मधेशका केही जिल्लामा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend