Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

खुला लनटेनिस : एकल पुरुषतर्फको उपाधि प्रदीप खड्कालाई


९, चैत २०८०
  • 111
    SHARES
  • खुला लनटेनिस : एकल पुरुषतर्फको उपाधि प्रदीप खड्कालाई

    काठमाडौँ । नेपाल एपिएफ क्लबको आयोजनामा भएको १२ औँ सहवीर स्मृति खुला लनटेनिस प्रतियोगिताअन्तर्गत पुरुष एकलतर्फको उपाधि प्रदीप खड्काले जितेका छन् । 

    हल्चोकस्थित नेपाल एपिएफ क्लबको लन टेनिस कोर्टमा आज भएको फाइन खेलमा प्रदीपले रितिक रानालाई ६–४, ३–६ र ६–० ले पराजित गर्दै उपाधि कब्जा गरेका हुन् । सोही विधाको महिलातर्फको खेलमा अभिलासा विष्टले उपाधि जितिन् । उनले माहिका राणालाई ६–२ र ६–४ ले पराजित गरी उपाधि जितेकी हुन् । 

    त्यसैगरी मिक्स डबलमा रितिक राना र अभिलाषा विष्टको जोडीले प्रदीप खड्का र माहिका राणाको जोडीलाई ६–४, २–६ र १०–६ ले पराजित गरी उपाधि जित्न सफल भए । ३५ वर्षमाथि भेन्ट्रान्स एकलतर्फको खेलमा अनिल शाहीले भीष्मजङ्ग गुरुङलाई ६–३ र ६–० ले र ३५ वर्षमाथि भेन्ट्रान्स डबलतर्फ इलुम दिक्षित र जितेन्द्र परियारको जोडीले कमल भण्डारी र यज्ञबहादुर भण्डारीको जोडीलाई ४–६, ६–३ र १०–८ ले पराजित गरी उपाधि हात पारे । 

    ४५ वर्ष भेन्ट्रान्स एकलतर्फको फाइनल खेलमा रोहित सुनुवारले महेश श्रेष्ठलाई ६–२, ६–४ ले र ४५ वर्षमाथि भेन्ट्रान्स डबलतर्फ कमलबहादुर भण्डारी र उत्तम शेर्पाको जोडीले देगेन्द्र श्रेष्ठ र महेश श्रेष्ठको जोडीलाई ६–३ र ७–५ ले पराजित गरी उपाधि जितेका छन् ।

    यसैगरी ५५ वर्षमाथि भेन्ट्रान्स एकलतर्फको फाइनल खेलमा विमल वाइबाले राजु श्रेष्ठलाई २–६, ६–१ र १०–४ ले र ५५ वर्षमाथि भेन्ट्रान्स डबलतर्फ विमल वाइबा र हिमाल शाहको जोडीले कमल थापा र छम्बा ढुण्डुपको जोडीलाई ६–३ र ६–४ ले पराजित गरी उपाधि जितेका छन् ।
     
    त्यस्तै ६५ वर्षमाथि भेन्ट्रान्स एकलतर्फको फाइनल खेलमा कमल थापाले मनोज राणालाई ४–१ र ४–२ ले र इन्टर गभरमेन्ट डबलतर्फ उत्तम बोगटी र अमित गुरुङको जोडिले विक्रम गुरुङ र चन्द्रबहादुर थापाको जोडीलाई ६–२, २–६ र १०–७ ले पराजित गरी उपाधि जितेका छन् । 

    विजेता खेलाडीलाई सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले पुरस्कार प्रदान गर्नुभयो । उहाँले खेलकुदले सङ्गठन र राज्यलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्दै आईरहेको बताउनुभयो । खेल प्रतिभामा निखारपन ल्याउन यस्ता प्रतियोगिता फलदायी रहने महानिरिक्षक अर्यालले विश्वास व्यक्त गर्नुभयो ।

    यही चैत ४ गतेदेखि सुरु भएको उक्त प्रतियोगितामा विभिन्न ११  विधामा प्रतिस्पर्धा गरिएको थियो । एक सय ६२ जना खेलाडी प्रतिस्पर्धामा सहभागी थिए । 

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend